४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

जेन-जी आन्दोलनका शहीदका परिवार र घाइतेसँगको सहमति तत्काल कार्यान्वयन गर्न सांसद खतिवडाको माग

जेन-जी आन्दोलनका शहीदका परिवार र घाइतेसँगको सहमति तत्काल कार्यान्वयन गर्न सांसद खतिवडाको माग
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले जेन–जी आन्दोलनका शहीदका परिवार र घाइतेसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सरकारले शहीदका परिवार र घाइतेसँग एक महिनाभित्र पूरा गर्नेगरी २३ बुँदे सहमतिको एक महिना चार दिन पुग्दा समेत कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले राज्यले गरेको वाचा पूरा नगर्दा पीडितको पीडा थप बढ्दै गएको बताउनु भयो ।

उहाँले अबको एक महिनाभित्र उक्त सहमतिको लागि कार्ययोजना, बजेट र समयतालिका सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । उहाँले घाइते र शहीद परिवारका लागि एकद्वार सेवा तुरुन्त सुचारु गर्न तथा घाइते तथा शहीदका परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपर्ने वातावरण निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘शहीद र घाइते परिवारसँग एक महिना अगाडि एक महिनाभित्र पूरा गर्छौँ भनेर गरिएको २३ बुँदे सहमति स्मरण गराउन चाहन्छु । राज्यले गरेको वाचा पूरा नहुँदा पीडितको पीडा झन बढ्दै गइरहेको छ । ३० दिन भित्र २३ बुँदे सहमति कार्यान्वयन कार्ययोजना, बजेट र समयतालिका सार्वजनिक गरियोस्, घाइते र शहीद परिवारका लागि एकद्वार सेवा तुरुन्त सुचारु गरियोस् । काम प्रगति निरन्तर रुपमा सदन र पीडित परिवारलाई जानकारी गराइयोस् । घाइते र शहीदका परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपरोस् । शहीद परिवारले आफ्नो सन्तान, परिवार र जीवन साथि गुमाएका छन् । उनीहरुलाई भाषणको सहानुभूति होइन व्यवहारिक न्याय र सम्मान चाहिएको छ ।’

उहाँले पीडितलाई भाषणको सहानुभूति नभई व्यवहारिक न्याय र सम्मान चाहिएको जिकिर गर्नुभयो ।