११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय अपराध मुख्य चुनौतीः प्रहरी प्रवक्ता



अ+ अ-

काठमाडाैँ । नेपाल प्रहरीले वर्तमान समयमा सामाजिक सञ्जालको दुरुपयोग र बढ्दो वित्तीय अपराधलाई शान्ति सुरक्षाको मुख्य चुनौतीका रूपमा पहिचान गरेको छ ।

प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता अविनारायण काफ्लेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना (मिसइन्फरमेसन) र भ्रामक सूचना (डिस्इन्फरमेसन) का कारण साम्प्रदायिक, जातीय र धार्मिक सद्भाव खलबलिने जोखिम बढेको बताउनु भयो ।

यसैगरी, पछिल्लो समय वित्तीय अपराध र साइबर अपराधका घटनाहरू पनि उच्च रूपमा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । विशेष १० प्रकारका प्रमुख अपराधहरूको विश्लेषण गर्दा साइबरसँग सम्बन्धित ’स्क्यामिङ’ का घटनाहरू बढी देखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

प्रवक्ता काफ्लेले भन्नुभयो, ‘कुनै पनि गतिविधिलाई समयमै समन्वय र रोकथाम गर्न नसकिए त्यसले भयावह रूप लिन सक्छ भन्ने तथ्य हालैका केही घटनाले पुष्टि गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोगका कारण सिर्जित सुरक्षा चुनौतीलाई हामीले गम्भीरताका साथ लिएका छौँ ।’

यस्ता सुरक्षा चुनौतीहरूलाई चिर्न र सम्भावित अपराधहरू न्युनिकरण गर्न नेपाल प्रहरी प्रधान कार्यालयले विशेष कार्ययोजना बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाएको उहाँले बताउनु भयो । अपराध रोकथामका लागि प्रहरी प्रशासन बेलैदेखि सचेत रहेको र कार्ययोजना अनुरूप नै अगाडि बढ्ने उहाँको भनाइ छ ।