२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको भेट, न्यायप्राप्तिका सरोकारबारे छलफल जेन-जी आन्दोलनका शहीदका परिवार र घाइतेसँगको सहमति तत्काल कार्यान्वयन गर्न सांसद खतिवडाको माग खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय अपराध मुख्य चुनौतीः प्रहरी प्रवक्ता नेपाल प्रहरीको आधुनिकीकरण योजनाः साइबर स्क्याम सेन्टर र एकीकृत कमाण्ड सेन्टर स्थापना गरिने राष्ट्रपति पौडेलसंग कांग्रेसका नेताहरुको भेट, के भयो कुरा ? १५ दिनभित्र नागढुंगा–मुग्लिङ क्षेत्रका पोल सार्न संसदीय समितिको निर्देशन प्रधानमन्त्री साहले भेट्नको लागि समय नदिएको भन्दै काँग्रेस सांसदको आपत्ति कृषि उपज जोगाउन ‘वन्यजन्तु हेरालु’लाई व्यवसायिक बनाउन सांसद खड्काको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बस्न लागेको हो । पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषणसँगै राजनीति र देशको भविष्यमा पार्टीको भूमिका तय गर्दै आगामी रणनीतिक बाटो तयार पार्न गत असोज २८ गते सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै सकिएको छैन ।

कांग्रेसभित्र पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेबारेमा चर्को बहस चलेको छ । यस्तै सरकारले फागुन २१ मा निर्वाचनको मिति तोकेसँगै निर्वाचनअघि महाधिवेशन गर्ने कि निर्वाचनपछि भन्नेबारे पनि बहस चलेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।