२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’



अ+ अ-

काठमाडौँ । हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बनेका छन् ।

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि आइतबार र सोमबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट फास्ट बलर हिक्मत उत्कृष्ट बन्दै ‘आइकोनिक खेलाडी’ बनेका हुन् ।

धनगढीस्थित धनगढी क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै ३०० सहभागी भएका थिए । जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरण गरेर खेलाडी छनोट गरेको हो ।

हिक्मतले अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपीएल खेल्ने छन् । आइकोनिक बाहेक अन्य ५ खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ ।

जसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइरालालाई डेभलपमेन्टबाट छनोट गरेको हो ।
हिक्मत बिट दी स्पिडमा १३१ किलोमीटरको स्पिडमा बलिङ गर्दै पहिलो भए भने अभिषेक १२५ किलोमीटरको स्पिडमा बलिङ गर्दै दोस्रो भएका हुन् ।