२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरुले अलमल नगरी निर्वाचनको माहौल बनाउने काममा लाग्नुपर्ने बताउनु भएको हो । पूर्वराष्ट्रपति यादवले निर्वाचनमा जाने औपचारिक निर्णय गर्न ढिलाई नगर्न पनि काँग्रेसलाई सचेत गराउनु भयो ।

काँग्रेसले अलमल नगरी तत्काल निर्वाचनमा जाने निर्णय लिए मुलुकमा निर्वाचनको माहौल सृजना हुने उहाँको बुझाई थियो । पूर्वराष्ट्रपति यादवले मुलुक जेन—जी पुस्ताले पनि यही संविधान मानेर अघि बढ्छु भनेकाले निर्वाचनमा जानका लागि कुनै समस्या नभएको जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पोलिटिकल पार्टीहरुले अव निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्नुपर्छ । चुनावको माहौला पोलिटिकल पार्टीहरुले अलमल नगरी चुननवको माहौल बनाएर जानुपर्छ । यो काँग्रेस लिडिङ पार्टी हो । अहिले काँग्रेस के डिसाईड गर्छ ? काँग्रेसले जुन दिन डिसाईड गरेर अघि बढ्छ, त्यो दिन मुलुक चुनावमा जान्छ । त्यो दिन देशभर चुनावमय हुन्छ । र चुनाव सफल हुन्छ । त्यसका लागि तपाईहरुले चाँडै डिसाईड गर्नुस् । अब अलमलमा नबस्नुस् । अरु पार्टीहरु जेनजी भाईबहिनीहरुलाई जसले यही संविधानलाई टेकेर अघि बढनुपर्छ भनेका छन् । आफूमा छलफल गर्नुस् ।’

पूर्वराष्ट्रपति यादवले आफूले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि निर्वाचनको वातावरण बनाउन ध्यानाकर्षण गराएको बताउनु भयो ।