२२ श्रावण २०८३, शुक्रबार
,
Latest
कांग्रेस आधिकारिकता विवाद: पुनरावलोकनबाट न्याय पाउने डा. कोइरालाको विश्वास साउन २९ देखि काँग्रेस संस्थापन इतरको राष्ट्रिय भेला हुने, देउवाले सम्बोधन गर्ने साउन महिनाबाटै ठेक्का प्रक्रिया शुरु, विद्युत मिटरको अभाव क्रमिक रूपमा समाधान हुँदैछः मन्त्री श्रेष्ठ शम्भूजीत,रुपक र किरणको सयुक्त प्रस्तुति ‘यो जन्ममा’ सार्वजनिक इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न खुश्बु ओलीको आग्रह प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमाले प्रमुख सचेतक दुलालको माग आगामी निर्वाचनमा कम्तीमा १०० महिलालाई नेतृत्वमा ल्याउने सभापति थापाको उद्घोष वर्तमान सरकारमा शासकीय अराजकता हाबी भयोः गगन थापा मोबाइल सेवाको गुणस्तर सुधार गर्न दूरसञ्चार प्राधिकरणको ८ बुँदे निर्देशन, प्रमुख शहरबाट ५जी सेवा सुरु… शासकीय अराजकतातर्फ सरकार उन्मुख, विधिको शासन कमजोर बन्यो : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता, रोजगारी सृजनामा केन्द्रित हुने



अ+ अ-

काठमाडौँ । जेन–जी आन्दोलनलगत्तै गठन गरिएको गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगका सचिव माहादेव पन्थले सोमवार सो पार्टी (दल) दर्ताको प्रमाण पत्र अध्यक्ष डा. दिनेश प्रसार्ईंलाई प्रदान गर्नुभएको हो ।

बुद्ध एयरका मालिकसमेत रहनुभएका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरु संलग्न रहनुभएको छ । नागरिकहरु मिलेर देश बनाउने उद्देश्यका साथ सो दल दर्ता गरिएको सो पार्टीका अध्यक्ष प्रसार्ईंले बताउनु भयो । उहाँले आफ्नो पार्टीले मुलुकमा रोजगारी सृजनाको विषयलाई मुख्य एजेण्डा बनाएको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रसाईंले भन्नुभयो, ‘हामी व्यापारिक व्यवसायिक मात्रै होइनौँ । म आफैले पनि त्रिभूवन विश्वविद्यालयमा राजनीतिक समाजशाष्त्र पढाएको १५ वर्ष भईसक्यो । सबभन्दा पहिला हामी यो देशका नागरिक हौँ । यो देशको भविष्य नागरिकहरुले मिलेर बनाउने हो । यो देश हामी सबैको हो । र हामी सबै मिलेर यो देश बनाउने हो । अहिलेसम्म राजनीतिमा रोजगारीलाई प्रमुख एजेण्डा बनाइएन भन्ने विषयबाट चिन्तित भएर कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्ने हिसावले चिन्तितभएर विषत दुइ वर्षदेखि हामीले घनिभूत छलफल गरेका छौं । त्यसमा पर्यटन, कृषि, आइटी, शिक्षा, स्वास्थ्यको बारेमा घनिभूत छलफल गरेर हामीले पार्टी दर्ता गरेका छौँ ।’

सो पार्टीको दल दर्ताको प्रमाणपत्र लिन व्यवसायी बस्नेतसहितको नेताहरु पुग्नुभएको थियो ।  पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यमार्फत मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न आफूहरु लागिपर्ने बताउनु भयो ।




भर्खरै