६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा

तीन जापानी सहरमा नेपाली लोकरक गुन्जाउँदै नेपथ्य

तीन जापानी सहरमा नेपाली लोकरक गुन्जाउँदै नेपथ्य
अ+ अ-

काठमाडौँ: लोकरक ब्यान्ड नेपथ्यले जापानको नागोयाटोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ । ब्यान्ड बामे सर्दाका दिनहरूमा अनेक तीता–मीठा घटना जोडिएको जापानमा नेपथ्य दुई वर्षपछि प्रस्तुत हुन लागेको हो ।

जापानमा ब्यान्डको शृङ्खलाबद्ध प्रस्तुति नागोया सहरबाट थालनी हुनेछ । ‘नागोया लाइभ्स’ सभागृहमा नोभेम्बर १३ बिहीबार ब्यान्डले नेपाली लोकरक गीतहरू गुन्जाउनेछ । नागोयामा ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको हो ।

पाँच दिनपछि ब्यान्ड राजधानी टोकियोमा प्रस्तुत हुनेछ । १८ नोभेम्बर मङ्गलबार जापानकै प्रसिद्ध ‘टोकियो डोम सिटी हल’ मा नेपथ्य उभिने भएको हो । अन्तर्राष्ट्रिय  पहिचान बनाएको त्यस हलमा ब्यान्ड दोस्रो पटक प्रस्तुत हुन लागेको हो । सात वर्षपहिले पनि त्यस हलमा नेपथ्यको कन्सर्ट भएको थियो । नेपथ्य यसअघि भने ‘तोयोसु पिट’ मा प्रस्तुत भएको थियो ।

टोकियोको भब्य हलमा आफ्ना गीतहरू सुनाएको ठीक छ दिनपछि नोभेम्बर २४ मा ब्यान्ड ओसाका सहरका दर्शकसामु प्रस्तुत हुनेछ । कन्सर्टका लागि नेपथ्यले त्यहाँको ‘जेप ओसाका बे साइड’ लाई चयन गरेको छ । दुई वर्षअघि भने नेपथ्यले त्यहाँको अर्को हल ‘नाम्बा ह्याच’ मा नेपाली लोकरक गुन्जाएको थियो ।

नेपथ्य जापानमा पहिलोपटक सन् १९९८ मा प्रस्तुत भएको थियो । ब्यान्ड मुलुकबाहिर धेरैपटक उपस्थित भएका देशहरूमा जापान पनि पर्छ ।

नेपथ्यको जापान यात्रालाई यसपटक ‘भिजोनिया’ समूहले संयोजन गरेको छ । ‘कन्सर्टलाई भव्य बनाउन पूरा क्षमतामा काम गरिरहेका छौँ,’ भिजोनियाका प्रमुख सुभाष लामिछाने भन्छन्, ‘टिकट बिक्री तीव्र गतिमा भइरहेको छ । जापानका अन्य सहरमा बसोबास गर्ने इच्छुकले विभिन्न माध्यमबाट सम्पर्क गरिरहेका छन् ।’

तीन दशकभन्दा लामो साङ्गीतिक यात्रामा नेपथ्यले जापानसँगका धेरै सम्झनाहरू बोकेको ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ बताउँछन् । उनी थप्छन्, ‘मीठा यादहरूबाहेक अढाई दशकअघि हाम्रो ब्यान्ड त्यसै मुलुकमा पुगेर टुक्रिएको तीतो अनुभव पनि हामीसँग छ ।’

आफूहरू जुनसुकै परिस्थिति र स्वरूपमा पुग्दा पनि जापानका दर्शकले नेपथ्यलाई सदैव न्यानो हृदयसाथ स्वागत गर्दै आएको अमृत सुनाउँछन् ।

विशेषतः आर्थिक उपार्जनका लागि लामो समयदेखि रोजगारी वा बसोबास गर्ने नेपालीमाझ जापान आकर्षक गन्तब्य रहँदै आएको छ । पछिल्लो समय भने यो मुलुक उच्च शिक्षाका लागि पनि उल्लेख्य सङ्ख्यामा नेपाली विद्यार्थी पुग्ने थलो बन्दै गएको छ । आफूसँगै नेपाली पहिचान पनि बोकेर उता पुग्ने तन्नेरीहरूले नेपाली लोक भाकामा आधारित रक सङ्गीत प्रस्तुत गर्ने नेपथ्यका गीतहरू मन पराउँदै आएका छन् ।

नेपथ्यको उपस्थितिलाई नेपाली दर्शक–श्रोताबाहेक जापानीबाट पनि उत्तिकै स्नेह मिल्दै आएको छ । कन्सर्टका बेला जापानीको उपस्थिति पनि देखिने गरेको छ । सन् २०१५ मा जापान पुगेको बेला अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तर्वार्तासहित नेपाल र नेपथ्यलाई चिनाउने भिडियो रिपोर्ट ‘प्राइम टाइम न्युज’ मै देखाएको थियो । त्यसले पनि जापानीमाझ ब्यान्डको पहिचान स्थापित गर्न मद्दत गरेको थियो ।

नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार मञ्चमा प्रस्तुत हुने छ कलाकारका अलावा व्यवस्थापन र प्राविधिक फाँटका आठ थप सदस्य सहितको टोली जापान पुग्दै छ । ‘प्राविधिक हिसाबले ब्यवस्थापन गर्न नेपालबाटै टोली लिएर जाँदा बढी प्रभावकारी हुन्छ,’ श्रेष्ठ भन्छन् ।

जापानका मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुविन शाक्यगितारमा नीरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

दर्शकको सुविधालाई ध्यानमा राख्दै जापानका कन्सर्टहरूका लागि पनि अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि नेपथ्यको आधिकारिक वेबसाइट  www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।