२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको भेट, न्यायप्राप्तिका सरोकारबारे छलफल जेन-जी आन्दोलनका शहीदका परिवार र घाइतेसँगको सहमति तत्काल कार्यान्वयन गर्न सांसद खतिवडाको माग खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय अपराध मुख्य चुनौतीः प्रहरी प्रवक्ता नेपाल प्रहरीको आधुनिकीकरण योजनाः साइबर स्क्याम सेन्टर र एकीकृत कमाण्ड सेन्टर स्थापना गरिने राष्ट्रपति पौडेलसंग कांग्रेसका नेताहरुको भेट, के भयो कुरा ? १५ दिनभित्र नागढुंगा–मुग्लिङ क्षेत्रका पोल सार्न संसदीय समितिको निर्देशन प्रधानमन्त्री साहले भेट्नको लागि समय नदिएको भन्दै काँग्रेस सांसदको आपत्ति कृषि उपज जोगाउन ‘वन्यजन्तु हेरालु’लाई व्यवसायिक बनाउन सांसद खड्काको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभूवन विश्वविद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग



अ+ अ-

काठमाडौँ । कीर्तिपुर निर्माण व्यवसायी संघले त्रिभूवन विश्व विद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

संघले सोमवार विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्याल, रेक्टर खड्ग केसी लगायतका पदाधिकारीहरुलाई भेटी कारबाही गर्न माग गरेको हो । संघले निर्माण व्यवसायीले सम्पुर्ण प्रक्रिया पूरा गरी ठेक्का प्रक्रियामार्फत चमेना गृहको निर्माण थालेपनि अनुचित लाभ उठाउने नियतले केही विद्यार्थी नेताहरुले बार्गेनिङ गरेको आरोप लगाएको छ ।

निर्माण व्यवसायीलाई धम्काउने, तर्साउने तथा निर्माण कार्य रोक्ने गतिविधि भएको काठमाडौं उपत्यकाका निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँले निर्माण व्यवसायीसँग पैसा माग्ने, थर्काउनेलाई तत्काल कारबाहीको दायरमा ल्याएर निर्माण कार्य सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन माग गर्नुभयो । उहाँले विश्वविद्यालयको निर्माण कार्यमा स्थानीय बासीलाई प्राथमिकतामा राख्ने विगतको सम्झौतालाई पनि स्मरण गराउनु भयो ।

त्रिभूवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले विद्यार्थीमाथी भएको कुटपिट र निर्माण व्यवसायीसँग बार्गेनिङ गरिएको भन्ने दुवै घटनाको अनुसन्धान गर्ने बताउनु भयो । उहाँले ठेक्का प्रक्रिया नियमअनुसार नै भएको उल्लेख गर्नुभयो । निर्माण व्यवसायीसँग विद्यार्थीले गरेको सौदाबाजीको घटनाले आफूलाई लज्जित बनाएको उहाँको भनाई छ । उहाँले समुदाय र विश्वविद्यालयबीचको सम्बन्धलाई सधै सुमधुर राख्नुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यार्थीहरुमाथी जुन घटना भयो त्यो पनि दुखद् भयो । त्यसका प्रति म पनि दुख व्यक्त गर्न चाहन्छु । तर हाम्रो सनम महर्जनजीले जुन कुरा बाहीर ल्याउनुभएको छ । यसलाई राम्रै अनुसन्धान गर्नुपर्छ र समस्याको पहिचान चाहीँ सदाको लागि समाधान र स्थानिय र विश्वविद्यालयबीचको सुमधुर सम्बन्धको प्रस्थानबिन्दु होस् यो घटना । मलाई लाग्छ, अहिलेको शताब्दीमा रुल अफ ल अनुसार कन्ट्रक्सन हुन्छ, कसैले किताव किन्छ, कसैले कम्प्युटर किन्छ, यो रुल अफ ल खरिद ऐन छ, त्यो ऐनअनुसार नै हुन्छ, होला । यो टेण्डरमा चाहीँ के भयो डिटेल आईपुगेको छैन । तर मलाई आहात भएको हाम्रो सुरेन्द्र कर्मचार्यहरु जसले विश्वविद्यालयको नियमअनुसार टेण्डर हालेर प्राप्त गर्नुभएको छ, उहाँहरुसंग सौदाबाजी गरेको भनेर सुन्दाखेरी चाहीँ हामी कस्तो शिक्षा दिक्षा दिईरहेका छौँ । साँच्चिकै विद्यार्थीको परिचय त्यस्तै हो त । विश्वविद्यालयले त समाज परिवर्तनको रोल मोडल हुनुपर्ने हो । विश्वविद्यालय संस्कार निर्माण गर्ने थलो हो । तर हामीले कस्तो संस्कार निर्माण गरेछौँ । कस्तो पढाएछौँ त भनेर आफैलाई पनि दुःखी बनाएको छ ।’ 

त्रिभूवन विश्वविद्यालयकाका उपकुलपति प्रा. डा. दीपक अर्यालले विद्यार्थी र निर्माण व्यवसायीसंगको छलफल र वार्ताको माध्यामबाट समाधान निकाल्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले विद्यार्थीमाथी पनि कुटपिट भएकोले दवबै घटनामा संलग्नलाई कारबाही गर्ने बताउनु भयो । उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयको बीचमा निर्माण हुन लागेको चमेना गृह निर्माण परियोजना विद्यार्थीहरूको विरोधका कारण अस्थायी रूपमा रोकिएको छ । साउनदेखि शुरु गरिएको निर्माण प्रक्रियामा विद्यार्थीले रुख नकाट्न र सो क्षेत्रमा नबनाउन त्रिवि प्रशासनलाई दबाब दिँदै आएका थिए । गत मंगलवार सोही विषयलाई लिएर विद्यार्थी र निर्माण व्यवसायी बिच झडपको स्थिति सृजना भएको थियो ।