काठमाडौँ । पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने डिपिआरसहित आफू लागिपरेको बताउनुभएको छ ।
नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक राजनीतिक दल दर्ताका पहलका लागि निर्वाचन आयोगमा पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । आफू कारागारमा बस्दा राजनीतिक विश्वविद्यालयझैँ राजनीति बुझेर बाहिर आएको बताउनु भयो । उहाँले अब आफूले कारागारमा हुँदा तयार पारेको देश बनाउने डिपिआर लागू गर्दै अघि बढ्ने बताउनु भयो । जनताले गरेका इच्छा,आकंक्षालाई लक्ष्यमा पु¥याउनु हरेक नागरिकको कर्तव्य भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘जनताले गरेका इच्छा,आकंक्षालाई लक्ष्यमा पु¥याउनु हरेक नागरिकको कर्तव्य हो । राजनीतिमा परिवार भन्ने हुँदैन । पहिला जनता र त्यसपछि देश हुन्छ । देश र जनता मिलाउन सक्नु अर्को फरक कुरा हो । परिवार मिलाउन सक्नु नसक्नु फरक कुरा हो । राजकाज र राजनीति भनेकै देश र जनताको क्षेत्राधिकारको कुरा हो । लक्ष्यमा जनता कसरी समेट्ने भन्ने हो । जनताको आकंक्षा र अपेक्षा पूरा गर्न लाग्नेछौँ । ८ वर्ष कारागारमा रहेर अध्ययन गरेको राजनीतिक युनिभर्सिटीले मलाई छुट्टै एउटा देश बनाउने डिपिआर खडा गर्न बाध्य बनायो ।’
नेता चौधरीले राजकाज र राजनीति भनेकै देश र जनताको लागि भएको बताउनु भयो ।









