२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग प्रधानमन्त्री कार्कीसँग महिला नेतृहरुको भेट



अ+ अ-

काठमाडौँ । पहिलो संविधान सभाका चार सभासदसहितको टोलीले निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै प्रधानमन्त्रीसँग भेट गरेका छन् ।

डा विन्दा पाण्डे, रेणु चन्द, अमृता थापामगर, सुनीलबाबु पन्त लगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानूनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।

संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भएपनि निर्वाचन कानुनले संविधानको यो मर्म आत्मसात गर्न नसकेकाले अध्यादेश ल्याएर भए पनि सच्याउनुपर्ने टोलीको माग छ ।

प्रतिनिधिमण्डलमा उषाकिरण तिम्सेना, सम्झना पौडेल, प्रतीक्षा चापागाईंलगायतको पनि सहभागिता थियो । प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रिमण्डलमा छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वाचन खर्चिलो हुन नदिने उपायतर्फ पनि सोच्नुपर्ने धारणा राख्नुभयो । खर्चिलो निर्वाचनका कारण पनि भ्रष्टाचार र चुनावी बेथिति बढेको उहाँको भनाइ थियो ।