२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद तथा पूर्वपदाधिकारीका सुविधा फिर्ता गर्न अर्थ मन्त्रालयबाट ताकेता भइरहेको छः महासचिव पाण्डेय



अ+ अ-

काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले अर्थमन्त्रालयले सांसदहरुको स्वकीय सचिव, पूर्वपदाधिकारीहरुको सुविधाहरु फिर्ता गर्न निरन्तर दबाब दिइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आईतवार बसेको बैठकमा उहाँले यस्तो गुनासो गर्नुभएको हो । सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको स्वकीय सचिवहरू हटाइएकोले यसले असहज स्थिति सिर्जना गराएको बताउनु भयो । राष्ट्रिय सभाका उपाध्यक्ष र प्रतिनिधि सभाका उपसभामुखलाई समेत यसले असहज बनाएको उहाँको भनाई छ । उहाँकाअनुसार अर्थ मन्त्रालयले बारम्बार मौखिक रुपमा पूर्वपदाधिकारीहरूले पाएका सुविधा फिर्ता भए वा नभएको विवरण मागिरहेको छ ।

उहाँले हाल राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्ष नभएकोले ती दलले पाउने अतिरिक्त सुविद्या कटौती गर्न पनि दबाब आइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई परेको केही अफ्ठ्याराहरु स्वकिय सचिव हटाइएको छ, सबै माननीयहरुको । यसमा राष्ट्रिय सभाका उपाध्यक्ष पनि पर्नुभयो । अहिले प्रतिनिधि सभाको हकमा प्रतिनिधि सभाका सदस्य नभएको कारणले त्यो समस्या परेन तर प्रतिनिधि सभा उपसभामुख अहिले पनि हुनुहुन्छ, उहाँलाई पनि अफ्ठ्यारो पारेको अवस्था छ । खर्च कटौतीको सन्दर्भमा पूर्व पदाधिकारीहरुका सुविधाहरु फिर्ता गर्ने भन्ने खालको हामीलाई सर्कुलर भएको छ । त्यो कारणले पूर्वसभामुखहरुले लिनुभएको सुविधाहरु फिर्ता भएका छन् । हामीलाई तारन्तार अर्थ मन्त्रालयबाट कति सुविधाहरु फिर्ता भए कति भएनन् भनेर मौखिक सन्देशहरु आउने गरेको छ । आईरहेको छ । अहिले पनि उहाँहरुको तर्क के छ भने राष्ट्रिय सभामा पनि प्रतिपक्ष र सरकारपक्ष छैन, त्यसकारण त्यहाँका सुविद्याहरु तिमीहरुले फिर्ता गरेका छौँ कि छैनौँ भन्ने ताकेता पनि आईरहेको छ ।’ 

संसद सचिवालयले सुविधाहरु सकेसम्म प्रदान गर्नेमा सकरात्मक रहेको बताउनु भयो । यद्यपि कतिपय कानूनी वन्धनहरु र सरकारले गरेका निर्णयहरु स्वभाविक रुपमा पालना गर्नुपर्ने भएकोले केही अफ्ठ्यारा परिस्थितिहरु सिर्जना भएको उहाँको भनाई छ ।