७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

लोकतन्त्रलाई अझ उन्नत बनाउन निर्वाचन सफल पारौं : राष्ट्रपति

लोकतन्त्रलाई अझ उन्नत बनाउन निर्वाचन सफल पारौं : राष्ट्रपति
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एन टिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

“नेपाली जनताको ठूलो बलिदानीले लोकतन्त्रको स्थापना भएको हो । यसको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमको योगदान महत्वपूर्ण रहन्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले सुशासन र लोकतन्त्रलाई अझ उन्नत बनाउन फागुन २१ को निर्वाचन सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो- “ युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमहरुले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आजको आवश्यकता हो ।”

राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यम तथा सन्चारकर्मीहरूलाई आग्रह गर्दै भन्नुभयो – सार्वजनिक सेवा प्रसारण सरकारी वा व्यावसायिक स्वार्थको सञ्चार संस्था होइन, यो नागरिकको संस्था हो, जसले सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर नागरिकको पक्षमा, राष्ट्रहितमा काम गर्नुपर्छ ।”

स्वतन्त्र स्वायत्त संस्थाका रुपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको उहाँको भनाई थियो । “त्यसैले, लोकतान्त्रिक मूल्य मान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्ने गरी सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई तपाईँहरूले आत्मसाथ गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पैडेलले भन्नुभयो ।

सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो र सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व हो बताउँदै उहाँले पछिल्लो समय गलत सूचना, भ्रामक समाचार र अफवाह फैलिने क्रम बढ्दै गएको छ भन्ने चिन्ता व्यक्त हुँदै आएको उल्लेख गर्नुभयो ।

“यस्तो परिप्रेक्ष्यमा, राष्ट्रको विश्वासिलो सञ्चार माध्यमका रूपमा सार्वजनिक सेवा प्रसारण अन्तर्गतका हाल सञ्चालनमा रहेका सबै माध्यमले जनता र राष्ट्रलाई केन्द्रमा राखेर विश्वसनीय, जिम्मेवारी र निष्पक्षताका साथ पत्रकारिताको मर्यादा र धर्म निर्वाह गर्ने नै छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले इण्टरनेट र सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय रहेको, सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम प्रविधिको विकाससँगै भित्रिएको र नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको अहिलेको अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व हो भन्नुभयो ।

राज्यले स्थापना र सञ्चालन गरेका दुई अग्रणी प्रसारण संस्थाहरु रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्न भएको मेहनत र पहलको उहाँले प्रशंसा गर्नुभयो । “दुवै संस्थाको विरासतलाई जोगाउँदै नयाँ परिप्रेक्ष्यमा सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुरुप एउटै लयमा दुवै संस्थालाई अघि बढाउन पक्कै पनि चुनौती छ, हरेक चुनौतीले नयाँ अवसर बोकेको हुन्छ, तपाईंहरू सबै खाले चुनौतीलाई सहजरुपमा पार गर्न र नयाँ अवसर हासिल गर्न सफल हुनुहुनेछ र त्यसमा सरकारले पूर्ण सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।