७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

सुशीला सरकार : न जेन-जीको हुन सक्यो, नत दलकै

सुशीला सरकार : न जेन-जीको हुन सक्यो, नत दलकै
अ+ अ-

काठमाडौं । कसैले प्रधानमन्त्री सुशीला कार्कीको यो सरकार कसको हो भनेर प्रश्न गर्यो भने त्यसको सिधा जवाफ हुन्छ— जेनजीको । सैद्धान्तिक रुपले त हो । किनभने नेपाली कांग्रेस र नेकपा एमालेको झण्डै दुई तिहाइ नजिकको छँदाखाँदाको सरकार जेनजी आन्दोलनले ढाल्यो । सरकार मात्र ढालेन संसद पनि फाल्यो । त्यही आडमा जेनजीले नै यो सरकार बनाए ।

त्यसो भए जेनजी को हुन् ? कहाँ छन् ? कति जना या समूह छन् ? या उनीहरुले के कसरी र कसको सिफारिशमा सरकार बनाए ? यी प्रश्न भने अनुत्तरित छन् । तर आंशिक रुपमा । किनभने जेनजी हुँदै नभएका होइनन् । किनभने प्रधानमन्त्री राष्ट्रपतिले बेला बखत बैठक बोलाउँदा जेनजी जान्छन् । सहभागी भएर आफ्नो कुरा पनि राख्ने गर्दछन् ।

अनि एकजना त मन्त्री पनि जेनजीले बनाए । तर कुन समूह या व्यक्तिले सिफारिश गरे भन्ने रेकर्ड भने छैन । तर प्रधानमन्त्रीसमक्ष मन्त्रीको सिफारिश गर्ने जेनजी भने यहाँ प्रसस्तै छन् ।

आजको एक समाचारले देशव्यापी चासो जगाएको छ सुदन गुरुङको । गुरुङ गएको भदौ २३ र २४ गतेको आन्दोलनमा प्रत्यक्ष रुपमा आन्दोलनकारी त होइनन् किनभने उनले आफू आन्दोलन गर्न नभएर पानी बाँड्न आएको भनेको भिडियो अहिले नै खोज्दाप नि सहजै भेटिन्छ ।

तर पनि सरकार बनाउन भने उनी राष्ट्रपति कार्यालयदेखि धेरै ठाउँमा पुगे । उनले प्रधानमन्त्रीलाई नियुक्त भएलगत्तै खुट्टामै ढोगे । अनि कैयौँ युवाहरु अघिपछि लगाएर घाइते भेट्न गए । मिडियामा अन्तरर्वार्ता दिए, दिइरहेकै छन् र अब चुनाव भएरै छोड्ने र पुराना नेता या पार्टी कोही पनि निर्वाचित नहुने बताइरहेकै छन् ।

तिनै सुदनले  गृहमन्त्रीको राजीनामा मागेका छन् । उनले फेसबुकमा स्टाटस लेखेर गृहमन्त्री ओमप्रकाश अर्याललाई पद छोड्न र नछोडे आफूले चुनाव हुन नदिने बताएका छन् । त्यो समाचारलाई आजका प्राय धेरै मडियाले प्रचार गरेका छन् ।

मिडियाले सुदनलाई जेनजीको सबसे बडो प्रतिनिधि बनाइछोडेका छन् । र त आज उनको स्टाटसलाई पनि व्यापकै प्रचार गरेका छन् । यस विषयमा प्रधानमन्त्रीको कुनै प्रतिक्रिया अएको त छैन तर पनि उनी पनि सुदनको स्टाटसको दबाबमा परेको खबर बाहिरिएको छ । यदि त्यसो हो भने यो सरकारको अवस्था के होला त ? यो प्रश्नको जवाफ खोज्ने बेला भने भइसकेको छैन ।

यसअघि पनि गृहमन्त्रीको राजीनामा विभिन्न जेनजी समूहले मागेकै थिए । ती समूहले फेसबुकमा अभियान पनि चलाए । त्यसपछि बाध्य भएर स्वयं प्रधानमन्त्री कार्यालयले विज्ञप्ति नै प्रकाशन गरेर गृहमन्त्री फेर्न नलागेको स्पष्ट गर्नुपरेको थियो ।

वास्तविकता के हो भने जेनजी को हो र कति जना या समूह छन् भन्ने कुराको पहिचान अझै भइसकेको छैन । कसैले प्रधानमन्त्रीकै पनि राजीनामा माग्ने गरेका छन् भने गृहमन्त्रीको पनि दिनहूँजसो नै समाचार आइरहेकै हुन्छ ।

कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्री कार्यालयमा पुगेर उनीहरु नाराबाजी गरिरहेका हुन्छन् भने कहिले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा वकालत गरिरहेका हुन्छन् । तर कुनै पनि जेनजीले यो सरकारले ठिक काम गरिरहेको छ भनेर भन्न सकिरहेका छैनन् ।

एकातर्फ यसरी यो सरकार जेनजीको बन्न सकेको छैन भने अर्कातर्फ दलसँगको सम्बन्धको अवस्था पनि त्यस्तै छ । स्वयं प्रधानमन्त्रीले राजनीतिक दलका नेतासँग वार्ता गरेकी छैनन् । उनले केही दिन अघि सर्वदलीय बैठक बोलाउँदा पनि पार्टी अध्यक्षहरु नभएर दोस्रो तहका नेता पठाउन भनेकी थिइन् ।

यसरी दलका नेता नभेट्ने अनि निर्वाचन फागुन २१ मा गरेरै छोड्छु भन्नु कत्तिको जायज कुरा हो ? प्रधानमन्त्रीको यो कुराले चुनाव सफल होला त ? शंका गर्नेहरु धेरै छन् । अहिले निर्वाचनको बारेमा सेरेमोनियल राष्ट्रपतिले बैठक डाकिदिने या कुराकानी गरिदिनुपर्ने अवस्था देखिँदैछ ।

एमाले बाहेक अरु दलले चुनावमा नजाने त भनेका छैनन् तर उनीहरु पनि चुनाव हुनेमा आशंका नै गर्छन् । यता एमाले भने स्पष्ट के भनिरहेको छ भने यो सरकारले चुनाव गर्न सक्दैन र एमाले चुनावमा पनि जाँदैन । दलहरु आफ्नै आन्तरिक द्धन्द्धको दलदलमा फसिरहेका र टुटफुटमा व्यस्त भइरहेका छन् ।

त्यसो त उनीहरुले पनि यो सरकारलाई अफ्नो सरकार मानिरहेको अवस्था छैन । यसरी न स्थापितको र नत विस्थापितकै बन्न सकेको छ सरकार । जेनजीको सरकार भनौँ भने जेनजीहरु नै यो सरकारको खिलाफमा छन् । दलको भनौँ भने दलहरु नै स्वीकार गर्ने पक्षमा छ्रैनन् । यसरी न दलको र नत जेनजीको बन्न सकेको छ सरकार ।