काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबिच संयुक्त छलफल भएको छ।
छलफलमा पूर्व मन्त्रीहरू जनार्दन शर्मा र सुदन किराती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल, नेपाल समाजवादी पार्टी (नेसपा)नयाँ शक्तिकी नेतृ दुर्गा सोवलगायत सहभागी रहेका थिए।
बैठकमा हालको जेनजी आन्दोलनपछि बदलिँदो नेपाली राजनीति र त्यसले ल्याएको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनबारे गम्भीर छलफल गरिएको सहभागी नेताहरूले बताएका छन्।
उनीहरूका अनुसार छलफल वैकल्पिक राजनीतिक ध्रुवीकरणको दिशा तय गर्दै देशमा भरपर्दो र बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण कसरी गर्ने भन्ने विषयमा केन्द्रित थियो।
स्रोतका अनुसार आगामी दिनमा पनि यस्ता संवाद र छलफल निरन्तर गर्ने तयारी भइरहेको छ।









