३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाउन माधवजीको सहमति छः सापकोटा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले पार्टीको नाम माओवादी नराख्ने बित्तिकै माओवादी जनयुद्ध र माओवादी लिगेसी नरहने भन्ने नहुने बताउनुभएको छ ।

मंगलवार विघटित केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राविधिक र आजको आवश्यकताअनुसारको राजनीतिक स्तरिकरण गरिएको स्पष्ट पार्नुभयो । उहाँले माओवादीहरुले माओवादको बारेमा अझ प्रखर ढंगले छलफल गर्ने बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समेत आगामी दिनमा माओको योगदान, विचारधारा र माओवादका बारेमा बहस गर्नेकुरामा सहमति जनाउनुभएको स्पष्ट पार्नुभयो । यसलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाएर अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो प्राविधिक र आजको आवश्यकताअनुसारको पार्टीहरुको स्तरीकरण हो । माओवादी पार्टीको नाम राखेनौँ भनेर माओवादी जनयुद्ध र माओवादी लिगेसी केही रहेन भन्ने ढंगबाट व्याख्या गरिनु गलत हो । हामी माओवादीहरुले माओवादको बारेमा अझ प्रखर ढंगले छलफल गर्नुपर्छ भनेका छौँ । माधव कमरेड लगायतका एकतामा आउने घटकहरुले पनि माओको योगदान, विचारधारा र माओवादका बारेमा बहस गर्नेकुरामा सहमति जनाउनुभएको छ । यसलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाएर जान्छौँ ।’

उहाँले नेपालको कम्युनिष्ट आन्दोलनको पुनःगठन र ध्रुवीकरण नयाँ शिरामा गएको दाबी गर्नुभयो ।