९ असार २०८३, मंगलवार
,
Latest
आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेनः राम कार्की



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफूहरुले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने नसकेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले खास गरेर आफूहरुको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गर्नुभयो । हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको उहाँको भनाई छ । केही नेताहरुको लागि पार्टीहरु भएपनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टीहरु विघठित भईसकेको उहाँले बताउनु भयो । उहाँले जेन–जी युवाहरुको भावना विपरित भ्रष्टाचारका मुद्दा लागेका नेताहरु टाउकोमा कल्की झुन्डाएर ठूलो पदमा पुगेको बताउनुहुँदै एकताको स्वाङ गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालका राजनितिक पार्टी र जनसमुदायको बीचमा एउटा गहिरो र फराकिलो खाडल तयार भयो । खाडल छ भन्ने कुरा सबैले भन्दै थिए, लेख्दै थिए । तर त्यहाँ खास गरेर हाम्रो पिँढीले हाम्रो नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेन । नेपालको कम्युनिष्ट आन्दोलन आज विघटन हुन पुगेको छ । केही नेताहरुको लागी र ती नेताहरुको वरिपरि बस्ने शिष्य, मंगलका निम्ति पार्टी छ । तर जनताको नजरबाट हेर्दा जेनजीको नजरबाट हेर्दा २३ र २४ को नजरबाट हेर्दा पार्टीहरु विघठित भएका छन् । पार्टीहरुको केही अस्तित्व छैन । जेनजी युवाहरुको जुन भावना हो भ्रष्टाचार मेटाईदिउँ भन्ने तर अहिले भ्रष्टाचारका मुद्दा लागेका मान्छेहरु, भ्रष्टाचारका अभियोग लागेका नेताहरु टाउकोमा कल्की झुण्डाएर ठुलो पदमा पुगेर यहाँ एकताको स्वाङ गर्दैछन् ।’

नेता कार्कीले आफूहरुले राजनितिक दलका लागि मात्रै दल निर्माण गर्न नलागिएको पनि दाबी गर्नुभयो । उहाँले मजदुर, किसान, गरिब सबैको सहअस्तित्व रहने समाजबादी संगठन निर्माण गर्ने बताउनुभयो ।