६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने

वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने
अ+ अ-

पर्सा। वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने भएको छ ।

सहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानअन्तर्गत नगरभरि अव्यवस्थित रूपमा झुन्डिएका इन्टरनेटका तार व्यवस्थापन गर्ने उद्देश्यले महानगरपािलले आज महानगरपालिका र सेवा प्रदायक कम्पनिहरु वल्र्ड लिङ्क, नेपाल टेलिकम, भाइनेट कम्युनिकेशन र डिशहोम फाइबर नेटलगायत कम्पनीका प्रतिनधिसँग वैठक बसेको छ ।

बैठकमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमले इन्टरनेटका अव्यवस्थित तारका कारण पनि आगलागी र दुर्घटनाको जोखिमसमेत बढेको उल्लेख गर्दै नागरिकको सुरक्षाको निम्ति जतिसक्दो चाँडो व्यवस्थापन कार्य सुरु गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “शहरका पोलमा जथाभावी तार झुण्डाएको छ, अव्यवस्थित तारका कारण एकातिर सहरको सौन्दर्यमा नकारात्मक असर परेको छ भने अर्कोतर्फ आगलागी र दुर्घटनाको जोखिम पनि उत्तिकै छ, नागरिकको सुरक्षाका निम्ति जतिसक्दो चाँडो अव्यवस्थित तार हटाउनुपर्छ ।”

अव्यवस्थित तार व्यवस्थापनलाई अभियानकै रूपमा अघि बढाइएको र इन्टरनेट सेवा प्रदायकहरूसँग सहकार्य गरेर त्यसको दीर्घकालीन समाधान खोजिने कार्यवाहक प्रमुख आलमले बताउनुभयो ।

बैठकले थप निष्कर्ष र कार्ययोजना तय गर्दै दीर्घकालिन समाधान गर्न आगामी सोमबार बृहत् छलफल गर्ने निर्णय गरेको छ ।

सो बैठकपछि सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरी प्रयोगविहीन तथा अव्यवस्थित तार हटाउने र व्यवस्थित गर्ने अभियानलाई तीव्रता दिइने महानगरपालिकाका प्रमुख प्रशासनिय अधिकृत बसन्तबहादुर बोहराले जानकारी दिनुभयो । महानगरले पटक पटक तार व्यवस्थापनका लागि सम्वन्धित निकायलाई अनुरोध गर्दापनि कार्यान्वयन हुन सकेको छैन ।

पछिल्लो पटक २०८० वैशाख १४ गतेको बैठकले वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू काटेर हटाउने निर्णय गरे पनि त्यसले पूर्णता पाउन सकेको थिएन । रासस