२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको एकता पहलः अध्यक्ष लिङ्देनसँग सकारात्मक छलफल



अ+ अ-

काठमाडौं । समान विचार भएका राजनीतिक दल तथा शक्तिहरूसँग सहकार्य र एकता गर्ने उद्देश्यले राप्रपा नेपालले गरेको पहल अघि बढेको छ ।

वरिष्ठ उपाध्यक्ष राजिब पराजुलीको संयोजकत्वमा गठन गरिएको राप्रपा नेपालको वार्ता समितिले आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग औपचारिक रूपमा पार्टी एकताको प्रस्ताव राखेको छ ।

दुवै पक्षबीच भएको छलफल सकारात्मक रहेको समितिका संयोजक पराजुलीले जानकारी दिएका छन् ।

उनका अनुसार, राष्ट्रियता, हिन्दुराष्ट्र, राजसंस्था र सुशासनका साझा एजेन्डामा आधारित भएर एकता र सहकार्यका सम्भावनाहरूबारे विस्तृत चर्चा भएको छ ।

छलफललाई आगामी दिनमा थप गहिरो बनाउँदै एकता प्रक्रियालाई संस्थागत ढंगले अघि बढाउने सहमति भएको पनि बताइएको छ ।