१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल

सामाजिक सञ्जाल नियमनमा तत्कालीन सरकार चुक्यो, युवाका माग अझै पूरा भएनन्ः शंकर पोखरेल

सामाजिक सञ्जाल नियमनमा तत्कालीन सरकार चुक्यो, युवाका माग अझै पूरा भएनन्ः शंकर पोखरेल
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पश्चिमा पुँजीवादीहरुले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । महासचिव पोखरेलले पश्चिमा पुँजीवादीहरुले डिप स्टेटको अवधारणा अन्तर्गत नयाँ पुस्तालाई आम मानिस भन्दा फरक रहेको भन्ने नियोजित मनोविज्ञान तयार पारेको बताउनु भयो । पुरानो पुस्ताले नयाँ पुस्ताको मनोविज्ञान बुझ्न नसक्ने भाष्य सिर्जना गरेर युवाहरुलाई आफ्नो स्वार्थमा प्रयोग गरेको कारण नेपालमा जेन–जी आन्दोलन भएको उहाँको भनाई छ । उहाँले युवाहरुको माग अनुचित नभएपनि तत्कालिन सरकारसमक्ष मागलाई आउनै नदिएको बताउनु भयो । जेनजी आन्दोलनको नेतृत्वकर्ता समेत नभएको भन्नुहुँदै उहाँले सरकारले वातासंवाद गर्ने अवसर नै नपाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा नवयुवाहरुलाइै जेनजीको नाममा जसरी संगठित गर्ने प्रयत्न गरियो, त्यो हाम्रो परम्परा होईन । पश्चिमा पुँजीवादीहरुले आफूसंग असहमत रहेको सत्तालाई कमजोर बनाउनको लागि डिप स्टेटको अवधाराण अन्तर्गत विश्वप्यापी रुपमा डिप स्टेटको प्लान अन्र्तगत कलर रिभोलुसन गर्ने प्रयोजनको लागी नयाँ पुस्तालाई तिमी आम मानिसभन्दा फरक छौँ भन्ने प्रकारको एउटा नियोजित मनोविज्ञान तयार गर्ने काम गरियो र जेनजीका नाममा तिमीहरु पुराना पुस्ताभन्दा फरक फरक हौँ, भिन्न हौँ, तिमिहरुको मनोविज्ञान भिन्न छ, पुरानो पुस्ताले तिमिहरुको मनोविज्ञान बुझ्न सक्दैन भन्ने भाष्य निर्माण गरिकन नयाँ पुस्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने खालको रणतिनितिको प्रयोग गरियो । जसका कारण नेपाल अहिले असामान्य अवस्थातर्फ प्रवेश गरेको छ । खासगरि जेनजीका नाममा नवयुवाहरुले अगाडी सारेका मागहरु कुनै अनुचित मागहरु थिएन । मुलुकमा भ्रष्टाचार अन्त्य हुनुपर्छ, सुशासन कायम हुनुपर्दछ र सामाजिक सञ्जालको निवार्द प्रयोग गर्न पाउनुपर्छ भन्ने उनीहरुको माग जायज हो र त्यो अनुचित हो भन्ने हामी ठान्दैनौँ । त्यो सरकारले पूरा गर्न नसक्ने पनि होइन । तर तपाई,हामीले के बुझ्नुपर्छ भने उनीहरुले राखेका मागहरु सरकारसमक्ष प्रश्तुत नै भएन । कसले यो आन्दोलनको नेतृत्व गरिरहेका छ भन्ने पूर्ववर्ती सरकारलाई जानकारी समेत रहेन । माग प्रश्तोता पनि थिएन । त्यस अर्थमा जानकारी हुने विषय पनि भएन । जानकारी नै छैन भने संवादको विषय पनि भएन ।’ 

उहाँले सामाजिक सञ्जाल नियमनको विषयमा भने तत्कालिन सरकार चुकेको बताउनु भयो । नवयुवाको सूचना प्रविधिमा भएको लगाव र सरकारको नियमनसम्बन्धी तालमेल नमिलेको स्वीकार गर्नुभयो । सोही कमजोरीको लाभ गलत तत्वले उठाएको उहाँको भनाई । उहाँले भन्नुभयो, ‘हाम्रा युवाहरु सुचना प्रविधिमा यति ज्यादा लत बसिसकेको अवस्था रहेछ की उनीहरु सुचना प्रविधि विना बरु भात छोड्न सक्ने, परिवार छोड्न सक्ने तर मोवाईल छाड्न नसक्ने तहमा भएका युवाहरुलाई गतल तत्वहरुले भड्काउने कुरामा सफलता हासिल गरे । सरकारको तर्फबाट भएको कमी के हो भने हाम्रा युवाहरुको सूचनाप्रविधिप्रतिको लगाव, आशक्ति लत कुन तहमा छ भन्ने उसले बुझ्न नसक्दा त्यसलाई गतल तत्वहरुले प्रयोग गर्न पाए ।’

पुँजीवादी शक्तिहरुले युवाहरुलाई लागुऔषध र प्रविधिको लतमा फसाएर आफ्नो स्वार्थमा प्रयोग गर्दै आएको दाबी गर्नुभयो ।