काठमाडौं । अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले आगामी अन्तर्राष्ट्रिय मैत्री खेल र एएफसी क्वालिफायरको तयारीका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् ।
राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण क्याम्प कात्तिक २० गतेदेखि (नोभेम्बर ६) काठमाडौंमा सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
उक्त क्याम्प बंगलादेशविरुद्ध नोभेम्बर १३, २०२५ मा हुने अन्तर्राष्ट्रिय मैत्री खेल र मलेसियाविरुद्ध नोभेम्बर १८, मा हुने एएफसी क्वालिफायरको तयारीका लागि आयोजना गरिएको हो ।











