काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।
पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थिति भएको थियो ।
बैठकमा महाधिवेशनको मिति र कार्यतालिका टुंगो लगाउनेबारे छलफल हुने छ । अहिले नेपाली कांग्रेसका नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा विवाद छ ।
नेतृत्वबीचमै यो विषयमा सहमति भइसकेको छैन । हिजो सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो ।
बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए ।









