७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलको सहज जित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा रियललले भ्यालेन्सियालाई ४–० गोलले हराएको हो । घरेलु टोलिको फराकिलो जितमा किलियन एम्बाप्पेले दुई गोल गरे भने जुड बेलिङहम र अल्भारो कारेरासले एक–एक गोल थपे ।

१९ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ३१ औं मिनेटमा एम्बाप्पेले नै गोल गर्दै रियलको अग्रता दोब्बर पारे । यस्तै, ४४ औं मिनेटमा बेलिङहमले गोल गर्दै रियललाई ३–० ले अघि बढाए ।

८२ औं मिनेटमा अल्भारोले गोल गर्दै रियललाई ४–० को जित दिलाए । जितसँगै रियल ११ खेलबाट ३० अंकका साथ तालिकाको शिर्षस्थानमा यथावत छ । भ्यालेन्सिया ९ अंकका साथ १८ औं स्थानमा छ ।