१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः आर्सनल र लिभरपुल विजयी, युनाइटेडले अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले बर्नलेलाई उसकै घरेलु मैदानमा २–० गोलले हराएको हो ।

खेलको १४ औं मिनेटमा नै आर्सनलले भिक्टर ग्योकेरेसको गोलबाट सुरुवाती अग्रता लिएको थियो । ३५ औं मिनेटमा डेक्लान राइसले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल हुन सकेन र आर्सनलले जितको निरन्तरता कायम राख्यो । आर्सनलले पछिल्ला पाँच खेल सबैमा जित निकालेको छ । टोलि १० खेलबाट २५ अंकका साथ शिर्षस्थानमा छ ।

बर्नले १० अंकका साथ १७ औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २–० को जित निकाल्यो । घरेलु मैलान एनफिल्डमा लिभरपुललाई जित दिलाउन खेलको पहिलो हाफको इन्जुरी समयमा मोहम्मद सलाहले तथा ५८ औं मिनेटमा र्यान ग्रावेनवेर्चले गोल गरे ।

लिभरपलुलको यो लगातार चौंथो हारपछिको जित हो । टोलि १० खेलबाट १८ अंकका साथ तेस्रो स्थानमा छ । एस्टन भिल्ला १५ अंकका साथ ११ औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले अंक बाँड्यो । नटिङहम फरेस्टसँग युनाइटेड २–२ गोलमा रोकिएको हो ।

खेलको ३४ औं मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा मोर्गान गिब्स ह्वाइटले गोल गर्दै घरेलु टोलिलाई १–१ को अवस्थामा ल्याए । ५० औं मिनेटमा निकोलो साभोनाले गोल गर्दै नटिङहमलाई २–१ ले अघि बढाए ।

यता ८१ औं मिनेटमा अमद डियालोले गोल गर्दै युनाइटेडको हार टारे । यो नतिजापछि युनाइटेड १० खेलबाट १७ अंकका साथ सातौं स्थानमा छ भने नटिङहम ६ अंकका साथ १८ औं स्थानमा छ ।