१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अविरल जनसाहित्य यात्रा’ को १०३औँ विशेष शृङ्खला सम्पन्न



अ+ अ-

काठमाडौँ। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को १०३औँ विशेष शृङ्खला सम्पन्न भएको छ ।

आज यहाँ आयोजित शृङ्खलामा स्रष्टा भवानी खतिवडाका एक दर्जन कविता प्रस्तुत गरिएका थिए। प्रस्तुत देशभक्तिपूर्ण र समसामयिक विषयवस्तुका छन्दोबद्ध कवितामाथि टिप्पणी गर्दै समालोचक प्रा डा देवी नेपालले खतिवडा प्रकृतिको जीवन्त चित्रण, सामाजिक बेथितिलाई शालीन ढङ्गले उजागर गर्ने र रूपान्तरणको ध्वन्यार्थ सुन्दर तरिकाले सम्प्रेषण गर्ने स्रष्टा भएको बताउनुभयो ।

सङ्घका अध्यक्ष नर्मदेश्वरी सत्यालले विसं २०७० चैत १४ देखि वरिष्ठ साहित्यकार डा मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’ लाई प्रगतिवादी कविलाई मञ्च प्रदान गर्दै निरन्तरता दिइएको बताउनुभयो । रासस




भर्खरै