१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश

सुशीला सरकारको कारण मुलुक ‘मल्टिपल अर्गान फेलियर’ को अवस्थामा पुग्यो: प्रभु साह

सुशीला सरकारको कारण मुलुक ‘मल्टिपल अर्गान फेलियर’ को अवस्थामा पुग्यो: प्रभु साह
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारको कारण मुलुक ‘मल्टिपल अर्गान फेलियर’ को अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न नसकेको, वैदेशिक सम्बन्ध शून्यतामा पुर्याएको, सुशासन कायम गर्न नसकेको र विकास निर्माण ठप्प बनाएको भन्दै साहले वर्तमान सरकारको कारण मुलुक ‘मल्टिपल अर्गान फेलियर’ को अवस्थामा पुगेको दाबी गरेका हुन् । सरकार बनेको ४५ दिन पुगिसक्दापनि आफ्नो मूल लक्ष्य हासिल गर्नेतर्फ सफल हुन नसकेको साहको आरोप छ ।

आज (शनिबार) काठमाडौंमा पार्टीको गोकर्णेश्वर नगर कमिटीले आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै साहले चुनाव गराउने मूल उद्देश्यप्रति जिम्मेवार हुन र सुशासन कायम गर्ने सवालमा गम्भीर बन्न प्रधानमन्त्री कार्कीलाई सुझाव दिए । तर, वर्तमान सरकारको चाला–माला हेर्दा तोकिएकै मितिमा चुनाव हुनेमा आशंका पैदा भएको उनको टिप्पणी छ ।

सुशीला सरकारले जेन–जी आन्दोलनको मूल मर्ममाथि नै प्रहार गरेको भन्दै साहले पूरानै व्यवस्था र संविधानबाट देशले निकास नपाउने ठोकुवा गरे । उनले नेपाली जनताले अर्को निर्णायक हस्तक्षेपकारी संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने,‘यो सरकार जेनजीहरुको भावनामाथि खेलवाड गर्दैछ, अहिलेसम्म आन्दोलनमा दमन गर्नेहरुमाथि कारबाही गर्न सकेको छैन । उल्टै आन्दोलनमा भाग लिएकाहरुलाई धरपकड गरिराखेको छ।’

सरकारले आफ्नो राष्ट्रिय सम्पत्ति (सार्वजनिक संस्था) मा कति क्षति भयो भनेर पनि तथ्य जनतासामू पेश गर्न नसकेको उनको आरोप छ । उनले भने,‘सिंहदरबार जल्यो, संसद् भवन खरानी भएको छ, सर्वोच्च अदालत जलेको छ, सार्वजनिक सम्पत्तिमा कति क्षति भयो भनेरपनि यो सरकारले अहिलेसम्म जनतासामू भन्न सकेको छैन, आज सरकार बनेको पनि डेढ महिना व्यतित भईसक्यो ।’

सरकारले चुनावको लागि भयरहित वातावरण बनाउनुपर्नेमा उल्टै भय थप्ने काम गरेको र नागरिक अहिले सुरक्षाको प्रत्याभूतिको खोजीमा रहेको साहको टिप्पणी छ । उनले भने,‘आन्दोलनमा सुरक्षाकर्मीबाट लुटिएका स्वचालितसहित विभिन्न आधुनिक हतियार अहिलेसम्म फिर्ता ल्याउन सकेको छैन, कति लुटिएका छन्, कति फिर्ता आए ? भनेर पनि भन्न सकेको छैन ।

गम्भीर अपराधमा संलग्न कैदीबन्दीहरु हजारौंको संख्यामा फरार छन्, प्रहरीको मनोवल पूरा खस्किएको छ, अनि यो सरकारले अहिलेसम्म शान्ति, सुरक्षाको प्रवन्ध गर्न सकिरहेको छैन, अनि कसरी तोकिएको मितिमा निर्वाचन हुन्छ ? शंका गर्ने प्रशस्त आधार र कारण छन्, तर चुनाव गराउँदिन, सत्ता लब्याउँछु भनेर यदि सरकारमा भएकाहरुले सोचेका हुन् भने जनताले घोक्रेठ्याक लगाउँछन्, कान समातेर भएपनि तिमीहरुलाई चुनाव गराउने दायित्वबाट विमुख हुन दिँदैनौं ।’

भदौ २३ र भदौ २४ गतेको घट्नाको अध्ययन गर्न गठित जाँचबुझ आयोगका पदाधिकारी नै असुरक्षित हुन थालेको र जाँचबुझको लागि जिल्ला भ्रमणमा जाँदा एमालेका नेताहरूले धम्की दिएका भिडिओ आउन थालेको भन्दै सरकार निरीह बनेको उनको आरोप छ । उनले भने,‘यत्रो नरसंहारकारी घट्ना भयो, होनाहार युवाहरुलाई छाती र टाउकोमा ताकि ताकि ओली सरकारले गोली हानेर मारेको छ, अनि जाँचबुझ आयोगले छानबिन गर्दा अवरोध हुन्छ, अहिलेसम्म घट्ना संलग्नहरुको बयानसमेत लिन सकेको छैन, अनि कसरी यो सरकारले न्याय दिन्छ ? चुनाव गराउँछ ?’ सरकारले जाँचबुझ आयोगका पदाधिकारीलाई पहिला सुरक्षाको उचित प्रवन्ध र प्रत्याभूति दिलाउनुपर्ने पनि साहको माग छ ।

चुनावी सरकारले पाँच वर्षको म्याण्डेट लिएर आएको सरकारझैं वैदेशिक सम्बन्धमा नै खलल पुर्याउनेगरि बिनाकारण विभिन्न देशका राजदूतहरु फिर्ता बोलाएको साहको आरोप छ । उनले भने,‘चुनाव गराउने सरकारले राजदूत फिर्ता बोलाउने, अनि ती देशमा तत्कालै राजदूत नियुक्त गरेर नपठाउने काम गर्न मिल्छ ? यो त वैदेशिक सम्बन्धलाई शून्यतामा झार्ने कदमको सुरुवात भएन र ?’ सुशासन कायम गर्ने सवालमा समेत सरकार गम्भीर रुपमा चुकेको उनको आरोप छ ।

सरकार बनेको आज यतिका दिन व्यतित हुँदासमेत सुशासनको प्रत्याभूति दिलाउनेतर्फ सरकारको कदम नदेखिएको उनको भनाई छ । विकास निर्माणको काममा समेत सरकारले ध्यान नदिएको उनको गुनासो छ । केही पनि काम नगर्ने हो भने किन चाहियो सरकार ? भन्ने उनको प्रश्न थियो ।

प्रधानमन्त्री बनेको ४५ दिन पुगिसक्दापनि अहिलेसम्म आफ्नो क्याविनेटलाई पूर्णता दिन नसक्नु प्रधानमन्त्रीको असफलता भएको उनको आरोप छ । त्यसमा पनि मन्त्री बनाउने भनेर केही व्यक्तिहरुको नाम लिने, राष्ट्रपति कार्यालयमा सिफारिश गर्ने अनि काट्ने काम गरेको भन्दै उनले आक्रोश पोखे ।

उनले भने,‘प्रधानमन्त्रीले एकदमै केटाकेटीपन देखाउनुभएको छ, मन्त्रीहरु सिफारिश गर्ने नाममा नाम पठाउने, अनि काट्ने खेल गर्नुभयो, दलित समूदायका डा. रामजी राम र खगेन्द्र सुनारको नाम लिनुभयो, तर अन्तिममा काट्नुभयो, यो अन्याय होईन ? यो त सिंगो दलित समूदायको मर्म र भावनामाथिको प्रहार हो ।’