७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

माओवादी र समाजवादीमा एकताका कारण ‘फुटको पहिरो’, कांग्रेसमा गगनको विद्रोह

माओवादी र समाजवादीमा एकताका कारण ‘फुटको पहिरो’, कांग्रेसमा गगनको विद्रोह
फाईल फोटो
अ+ अ-

काठमाडौं । जेनजी आन्दोलनपछि मुलुकका ठूला भनिएका राजनीतिक दलहरुमा हलचल मच्चिएको छ । आन्दोलनका कारण देशको राजनीतिक प्रणाली र संविधानमा आमूल बदलाब त आएकै थियो, यसले राजनीतिक दलहरुको आन्तरिक राजनीतिमा पनि पहिरो ल्याउने संकेत देखिएको छ ।

नेकपा माओवादी केन्द्रको आजको सचिवालय बैठकमा सो पार्टीका नेता जनार्दन शर्माले नयाँ विवादको उद्घाटन मात्र गरेनन्, संयोजक भनिएका पार्टी अध्यक्ष प्रचण्डको लिखित रुपमै विरोध गरेका छन् ।

हुनत उनले यसअघि पनि प्रचण्डसँग असहमति राख्दै आएका हुन् । तर आजको उनको यो प्रस्तुति असहमतिमा मात्र सीमित हुने देखिँदैन । यसले पार्टीमा फुटको पहिरो ल्याउने दिशानिर्देश नै गर्न खोजेको संकेत दिएको सो पार्टीका पदाधिकारीहरु नै बताउँछन् ।

नेकपा एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न नेता शर्माले स्पष्ट रुपमा माग गरेका छन् । जबकि यो एकताका लागि अध्यक्ष प्रचण्डले निकै पहिलादेखि समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग छलफल गर्दै र सहमतिको बाटो खोज्दै आएका थिए ।

आज पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा नेता शर्माले यस्तो प्रस्ताव राखेका हुन् । पार्टीको मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा नेता शर्माले समय मागेर बोल्दै गर्दै सहभागी अरु पदाधिकारी अचम्ममा परेका थिए ।

सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु ।’

नेता शर्माले एकीकृत समाजवादीसँगको एकताले वर्तमानको देशको राजनीतिक संकट समाधान नगर्ने ठोकुवा मात्र गरेनन् यस्तो एकताले विगतदेखि कम्युनिस्ट आन्दोलनले भोग्दै आएको विघटनको इतिहासलाई दोहो¥याउने समेत बताएका छन् ।

यतिमात्र नभएर नेता शर्माले यो एकताको प्रयास अध्यक्ष प्रचण्डको आगामी महाधिवेशन रोक्ने चालबाजी भएको सम्म बताएका थिए । त्यसपछि भने अध्यक्ष प्रचण्डले उनलाई बोल्नबाट रोक्न खोजेका एक पदाधिकारीले जानकारी गराए । उनको यो विचारपछि पार्टीका कतिपय पदाधिकारीले त यो एकता प्रयासले पार्टीमै फुटको पहिरो ल्याउन सक्ने बताएका थिए । तर बैठकमै भने उनीहरुले यसरी विचार राखेका छैनन् ।

उता यो एकता प्रयासले नेकपा एसमा भने फुटको पहिरो ल्याइ सकेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले एकताका लागि पार्टीपंक्तिलाई तयार पारिरहँदा यता सो पार्टीका बरिष्ठ नेता झलनाथ खनालले विद्रोह गरिसकेका छन् । खनाल र महासचिव घनश्याम भुषालसहितका नेताले माओवादीसँग एकतामा नजाने बरु अलग्गै पार्टी खोल्ने या एमालेमै फर्किने भनी स्पष्ट धारणा राखिसकेका छन् ।

यस प्रयासबाट सो पार्टी फुट्ने स्पष्ट भइसकेको छ । पार्टी दुई फ्याक भइसकेकोले नेता खनाल नेतृत्वको समूह एमालेमा मिसिने या अलग्गै पार्टी खोलेर जाने भन्ने औपचारिक निर्णयमा लगभग पुग्न लागेको देखिएको छ ।

यता नेपाली कांग्रेसमा पनि आगामी १५ औँ महाधिवेशन चुनाव अघि कि चुनावपछि भन्ने विषयको विवाद उत्कर्षमा पुग्दा यसले कतै महामन्त्री गगन थापाहरु कतै नयाँ पार्टी त खोल्दै छैनन् भन्ने आशंका पनि उब्जाएको छ ।

यो विवादले कांग्रेसमा विद्रोहको अवस्था समेत सृजना गरेको छ । संस्थापन पक्ष आगामी फागुन २१ मा तोकिएको आमनिर्वाचन पछि मात्र पार्टी महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापन इतर पक्ष भने मंसिरमै महाधिवेशन गनुपर्छ भन्नेमा छ ।

अहिले इतर भनिएको पक्षको नेतृत्वमा महामन्त्री गगन थापा देखिएका छन् । उनीहरु घरी विशेष महाधिवेशनको कुरा गर्छन् भने घरी मंसिरमै नियमित महाधिवेशनको कुरा गर्छन् । महामन्त्रीद्धय गगन र विश्वप्रकाश समूहले मंसिरमै नियमित नभए विशेष महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् ।

यो विवाद टुंगोमा नपुग्दा महामन्त्री थापाले केन्द्रीय समिति बैठक नै बहिस्कार गर्दै आएका छन् । महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गर्न माग गरेका छन् । त्यतिमात्र होइन कि उनले मंसिरमा महाधिवेशन हुनेगरी तालिका नै सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

यसले पार्टीभित्र चर्काएको विवादे कतै पार्टी फुटको संघारमा त पुग्दैन भन्ने आशंका समेत उब्जन थालेको छ । पछिल्लो केन्द्रीय समिति बैठकमा संस्थापन पक्षधर नेताहरूले फागुन २१ को चुनावपछि पार्टी महाधिवेशन गर्नुपर्ने अडानमै छन् भने महामन्त्री थापा पक्षधरहरुले भने मंसिरमै नियमित नभए चुनावअघि विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महाधिवेशनको तालिका पेस गर्न निकै सकस भइरहेको देखिन्छ । उनले बैठकमै आफ्नो अप्ठेरो बुझिदिन र अरु केही दिन धैर्य गरिदिन पटक पटक गरेको आग्रह सार्थक हुन सकिरहेको छैन ।

त्यसो त नयाँ शक्तिका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि पार्टी रुपान्तरणका नाममा नयाँ नयाँ मोडलहरुमा चर्चा चलिरहेकै छ । यसै अभियानको फेरो समातेर सो पार्टीकी सांसद तथा पूर्व मन्त्री सुमना श्रेष्ठले पार्टी नै परित्याग गरेकी छिन् भने अर्की नेत्री डा तोसिमा कार्कीले पनि नयाँ चुमुक देखाइरहेकी छिन् ।

त्यस पार्टी भित्र देखिएका नयाँ नयाँ अभियानहरुले पनि कुनै न कुनै रुपमा पार्टीभित्र बदलाबका संकेत देखिएका छन् । सो पार्टी निकटस्थहरु भन्छन् पार्टी भित्र सुरु भएको नयाँ बहसले पार्टीलाई फुटसम्म पुर्यायो भने पनि अचम्म नमाने हुन्छ ।