११ असार २०८३, बिहीबार
,
Latest
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिफन्ट उपाध्यक्ष गौतमलाई शहीद घोषणा गर्न माग



अ+ अ-

एमालेसंवद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग गर्नुभएको छ ।

जिफन्टको आयोजनामा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले यस्तो माग गर्नुभएको हो । जिफन्टका उपाध्यक्ष समेत रहुनुभएका गौतमको भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षको उमेरमा गत बिहीवार निधन भएको थियो । श्रमिकको पक्षमा निरन्तर आवाज उठाउनुहुने गौतम श्रमिकहरुको लागि महान शहीद भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

उहाँले जेनजी आन्दोलन र वर्तमान सरकारको रवैयाका कारण हजारौँ श्रमिकहरुको रोजीरोटी गुमेको बताउनु भयो । उद्योगी र सरकारकाबीचको टकरावको मारमा श्रमिकहरु पर्न नहुने उहाँको भनाई छ । सरकारले जेन—जी आन्दोलनको माग पुरा गर्नुको सट्टा लोकप्रियतावादमा फसेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अस्ती भर्खरै जेन—जी आन्दोलनमा हामीले देख्यौँ, आन्दोलनको नाममा झण्डा बोकेर सिंहदरबार जलाउनेलाई पनि शहीद भनियो, आन्दोलनको नाममा भाटभटेनी लुटेर, लुट्दालुट्दै हाम फालेर मर्नेहरुलाई पनि, चोरलाई पनि शहीद भनियो, चोर्दाचोर्दै तल आगो लगाएर माथीबाट आउन नसकेर मर्नेहरु पनि शहीद भए । म यो सरकारलाई आग्रह गर्न चाहन्छु । ५० औँ हजार मजदुरहरुका निम्ति बोल्दा बोल्दै ज्यान गुमाएका कमरेडलाई के भन्ने ? हामी हाम्रो महासंघको तर्फबाट कमरेड कमल गौतम ती फटाहा, चोरहरुभन्दा महान शहीद बन्नुभएको छ भन्ने घोषणा गर्न चाहन्छु’ 

उहाँले श्रमिकहरुको अधिकारको लागि आफूहरुको आन्दोलन जारी रहेको पनि बताउनु भयो ।