७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिफन्ट उपाध्यक्ष गौतमलाई शहीद घोषणा गर्न माग



अ+ अ-

एमालेसंवद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग गर्नुभएको छ ।

जिफन्टको आयोजनामा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले यस्तो माग गर्नुभएको हो । जिफन्टका उपाध्यक्ष समेत रहुनुभएका गौतमको भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षको उमेरमा गत बिहीवार निधन भएको थियो । श्रमिकको पक्षमा निरन्तर आवाज उठाउनुहुने गौतम श्रमिकहरुको लागि महान शहीद भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

उहाँले जेनजी आन्दोलन र वर्तमान सरकारको रवैयाका कारण हजारौँ श्रमिकहरुको रोजीरोटी गुमेको बताउनु भयो । उद्योगी र सरकारकाबीचको टकरावको मारमा श्रमिकहरु पर्न नहुने उहाँको भनाई छ । सरकारले जेन—जी आन्दोलनको माग पुरा गर्नुको सट्टा लोकप्रियतावादमा फसेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अस्ती भर्खरै जेन—जी आन्दोलनमा हामीले देख्यौँ, आन्दोलनको नाममा झण्डा बोकेर सिंहदरबार जलाउनेलाई पनि शहीद भनियो, आन्दोलनको नाममा भाटभटेनी लुटेर, लुट्दालुट्दै हाम फालेर मर्नेहरुलाई पनि, चोरलाई पनि शहीद भनियो, चोर्दाचोर्दै तल आगो लगाएर माथीबाट आउन नसकेर मर्नेहरु पनि शहीद भए । म यो सरकारलाई आग्रह गर्न चाहन्छु । ५० औँ हजार मजदुरहरुका निम्ति बोल्दा बोल्दै ज्यान गुमाएका कमरेडलाई के भन्ने ? हामी हाम्रो महासंघको तर्फबाट कमरेड कमल गौतम ती फटाहा, चोरहरुभन्दा महान शहीद बन्नुभएको छ भन्ने घोषणा गर्न चाहन्छु’ 

उहाँले श्रमिकहरुको अधिकारको लागि आफूहरुको आन्दोलन जारी रहेको पनि बताउनु भयो ।