७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिवद्धः मन्त्री घिसिङ



अ+ अ-

काठमाडौँ । शहरी विकासमन्त्री कुलमान घिसिङले संवैधानिक आयोगले गरेका सिफारिसहरु कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार आयोगले गरेका सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउँदै कुन विषयमा कार्यान्वयन नभएको हो त्यसबारे थप छलफल गरिने बताउनु भयो । उहाँले आयोगकाअनुसार ९० प्रतिशत सुझावहरु सरकारले कार्यान्वयन नगरेको गुनासो आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको वर्तमान सरकार आयोगलहरुले दिने सुझाव कार्यान्वयन गर्न प्रतिवद्ध छ । कार्यान्वयन हुनुपर्छ । कुन कुन विषयमा कार्यान्वयन भएको छैन, त्यसमा हामी छलफल गर्नेछौँ । यसलाई सरकारले गर्नुपर्ने कार्यहरुमा हामीले सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने र सरकारको कार्यक्षेत्रभित्र रहेर गर्नेछौँ ।’

मन्त्री घिसिङले आफूले प्रधानमन्त्रीसम्म पनि यसबारे कुरा राख्ने जानकारी दिनुभयो ।