१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ

माओवादी केन्द्रसँग पार्टी एकताबारे एकीकृत समावादीभित्र मतभिन्नता

माओवादी केन्द्रसँग पार्टी एकताबारे एकीकृत समावादीभित्र मतभिन्नता
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृकत समाजवादी) र नेकपा (माओवादीबीच पार्टी एकताबारे समाजवादीभित्र नेताहरुबीच मतभिन्नता देखिएको छ ।

पार्टीका केही नेताहरुले माओवादी केन्द्रसँग हतारमा पार्टी एकता गर्न नहुने धारणा राखेका छन् भने केही नेताहरुले सिद्धान्त र कार्यनीति मिल्ने पार्टीसँग पार्टी एकता गर्नु सकारात्मक पक्ष भएको धारणा राखेका छन् । एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य निलमणि बरालले अहिलेको राजनीतिक परिस्थितिमा कुनै एउटा अमूख पार्टीसँग हतारमा एकताको प्रयास गर्नु उपयुक्त नहुने बताउनु भयो ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कुनैपनि पार्टीसँग एकता गर्ने समय आइनसकेको बताउनु भयो । उहाँले अहिलेको अवस्थामा पार्टी एकताभन्दा पार्टीको पुर्नगठनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले मुलुकका सबै समाजवादी, वामपन्थी शक्तिहरूसँग छलफल गरेर नेतृत्व र पुस्तान्तरणसहितको पार्टी अगाडि बढाउनुपर्ने अहिलेको आवश्इकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको परिस्तितिमा हतार गरेर कुनै एउटा अमुख पार्टीसँग मात्र नभएर नेपालमा रहेका थुप्रै कम्युनिष्ट पार्टीहरुसँग संयुक्त एकता, छलफल, बहसका लािग समय पूर्णरुपमा निर्माण भइसकेको छैन । जसरी अहिले नेकपा (एकीकृत समाजवादीका केही मान्छेहरु अमुख पार्टीसँग एकताको कुरा गरिरहेका छन् । यसको लागि समय भएको छैन । अहिले यही पार्टीलाई पुर्नगठन गरेर सिंगो नेपालमा छरिएर रहेका समाजवादी वामपन्थी शक्तिहरुसँग छलफल गरेर नेतृत्व र पुस्तान्तरणसहितको पार्टी बनाएर जानु अहिलेको निम्ति उपयुक्त हुन्छ ।’

पार्टीका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता सान्दर्भिक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले उहाँ मुलुकका ठुला दलहरुले भ्रष्टाचार मौलाएको कारण जेनजी विद्रोह भएको उल्लेख गर्दै मुलुकमा सुशासन कायम गर्दै अगाडि बढाउन कम्युनिष्ट पार्टीहरुबीच एकता अपरिहार्य रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्रको एकताको समय सान्दर्भिक छ । किनभने अहिले पार्टीमाथि चौतफी आक्रमण भइराखेको बेला र देशका ठुला दलहरुले मुुलुकमा भ्रष्टाचार मोलाउने काम गरेको कारण नै अहले जेनजी विद्रोह भएको हो । उनीहरुले असन्तुष्टि फैल्याएकै कारण विद्रोह भएको हो । यो पार्टीले हिजो नेकपा (एमाले) भित्र जुन बेथिति थियो । त्यसको उठान गर्दै छुट्टै पार्टी गठन गरेको भएपनि यस पार्टीले समेत संसदमा बलियो उपस्थिति जनाउन सकेन । त्यसकारण अहिले माओवादी केन्द्रले आफ्नो नाम नै परिवर्तन गरेर पार्टी एकता हुन गइरहेको कुरा समयसापेक्षित छ भन्ने मेरो बुझाई छ ।’

नेकपा (एकीकृत समाजवादी)का केन्द्रिय सदस्य केदारकुमार कँडेलले माओवादी केन्द्रसँग मात्र नभएर सिद्धान्त, नीति र कार्यनीति मिल्ने सबै कम्युनिष्ट पार्टीहरुसँग पार्टी एकता गर्न सकिने बताउनु भयो । उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको कारण नेपालको कम्युष्टि आन्दोलन समाप्त हुने चरणमा पुगेको पनि आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘माओवादीसँग मात्र नभएर छरिएर रहेका सम्पूर्ण वामपन्थीहरुसित सिद्धान्त, विचार, कार्यनीति र रणनीति मिल्नेसँग हामी पार्टी एकता गर्न सक्छौं । केपी ओली यो देशको कम्युनिष्ट आन्दोलनलाई विध्वंश पार्ने एउटा पात्र हुन् । उनले दुई दुई पटक संसद विघटन गरे । उनले आफ्ना कामजोरीहरुलाई कहिले स्वीकार नगर्ने र बाहिर गएपछि घर फर्क भन्नु उनको अत्यन्त कुटिल चाल हो । त्यसकारण नेकपा (एकीकृत समाजवादीका कुनैपनि नेताहर त्यहाँ फर्किने पक्षमा छैनन् ।’

उहाँले नेकपा (एकीकृत समाजवादी)का कुनैपनि नेता कार्यकर्ता एमालेमा फर्कने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो । पार्टीका पोलिटब्यूरो सदस्य नन्दलाल बञ्जाडेले आफू सधैं नेपालका कम्युनिष्ट पार्टीहरु फुट्नु दुभाग्यपूर्ण भएको भन्दै बोल्दै आएको बताउनु भयो । यद्यपि अएको भइरहेको एकता एमाले र माओवादीबीच भएको तत्कालीन एकता जस्तो हुने उहाँको भनाइ छ । उहाँले माओवादीको महाधिवेशन भइनसकेको गरिने एकता सत्ता स्वार्थका लागि गरिने एकतामा परिणत हुने भन्दै उहाँले पार्टी एकता भन्दा संगठन विस्तारमा पार्टीको ध्यान जान जरुरी रहेको बताउनु भयो ।

पार्टीको स्थायी समिति सदस्य साध्यबहादुर भण्डारीले केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेका पार्टीहरु वास्तवमै कम्युनिष्ट पार्टी नभएको जिकिर गर्नुभयो । उहाँले माओवादी केन्द्र दक्षिणपन्थी पार्टी भएको उल्लेख गर्दै कम्युनिष्ट पार्टीले माओवादीसँग एकता गरेर उनीहरुलाई सच्याउन नसक्ने जिकिर गर्नुभयो । माओवादीको मातहतमा काम गर्न एकीकृत समाजवादीको अस्तित्व नै विलिन भएर जाने भन्दै उहाँले माओवादी केन्द्रसँगको एकता कुनैपनि हालतमा सम्भव नरहेको बताउनु भयो ।

पार्टीका नेता राजेन्द्र राईले मुलुकमा रहेका सबै वामपन्थी पार्टीहरुसँग एकताको प्रयास भइरहेको बताउनु भयो । यद्यपि पार्टीभित्र माओवादीसँग एकता गर्ने र नगर्ने विषयमा मतभेद रहेको उहाँको भनाइ छ । वामएकताको बाटोमा अगाडि बढ्नको लागि माओवादीसँग एकता कोसेढुंगाा सावित हुने उहाँको जिकिर छ ।

त्यस्तै अर्का नेता मेटमणि चौधरीले वृहत कम्युनिष्ट पार्टी निर्माण गर्ने र कम्युनिष्ट पार्टीकै नेतृत्वमा देशलाई समृद्धितर्फ लैजानुपर्ने बताउनु भयो । उहाँले माओवादीसँगको एकता वाम पन्थीहरुको केन्द्रबिन्दु हुने बताउनु भयो । सम्मानित झलनाथ खनालको काम नै निहुँ खोज्ने भएको जिकिर गर्नुभयो । झलनाथ खनालको कुराबाट पार्टी एकता नहुने भन्ने नरहेको बताउनु भयो ।

अर्का नेता विरोध खतिवडाले एकता गरेर एकै ठाउँमा बसिसकेका वामपन्थीहरु पुनः एक हुन नहुने भन्ने नरहेको बताउनु भयो । उहाँले अब एकता प्रक्रियामा जान जरुरी रहेको बताउँदै कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने बताउनु भयो ।

उहाँले एकता गर्दा भाँड्ने तत्वहरु आउने भन्दै त्यसबाट जोगिनुपर्ने बताउनु भयो । उहाँले अहिले माओवादीसँगको एकता अपरिहार्य रहेको जिकिर गर्नुभयो ।