१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ

सरकारले राष्ट्रिय गौरवका आयोजना अघि बढाउन नसक्नुको कारणबारे स्पष्ट पार्नुपर्छः राष्ट्रिय सभाका सांसदहरु

सरकारले राष्ट्रिय गौरवका आयोजना अघि बढाउन नसक्नुको कारणबारे स्पष्ट पार्नुपर्छः राष्ट्रिय सभाका सांसदहरु
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न नसक्नुका कारणहरु स्पष्ट पार्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनीहरुले सम्पन्न हुनै लागेका सो आयोजनाहरु पूरा गर्ने दिशामा ध्यान केन्द्रित गर्न पनि सरकारलाई सचेत गराएका छन् । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउन नसक्नुको कारण स्पष्ट पार्न सरकारसँग माग गर्नुभयो । उहाँले राष्ट्रिय गौरवको आयोजनाबारे पुनरावलोकन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद श्रेष्ठले भन्नुभयो, ‘यो गएको बजेटमा राष्ट्रिय गौरको आयोजनाहरुको पुनरावलोकन गर्ने भन्ने नीति पनि सरकारको आएको छ । यस विषयमा हामीले पनि प्रश्न उठाउने गरेका छौं । तर कस्तो आयोजनालाई हामीले राष्ट्रिय गौरवको आयोजना मान्ने त ? यस विषयमा हामीले पनि केही सुझाव दिनसक्छौँ कि सक्दैनौं ? राष्ट्रिय गौरवका आयोजना यो यो हुन भनेर सरकारलाई ठोस सुझाव दिनसक्यौँ भने सार्थकता हुन्छ कि भन्ने मलाई लागेको छ । मन्त्रालयहरुले आफूले भनेको काम किन राष्ट्रिय गौरवको आयोजनामा गर्न सकेन भन्नेकुरा प्रष्ट हुनुपर्छ । त्यसो भयो भने सम्बन्धित मन्त्रालय आफ्नो काम गर्न बढी शतर्क हुन्छ कि । यो काममा गम्भिर बन्नुपर्छ ।’

त्यसैगरी नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले राष्ट्रिय गौरवका आयोजनाबारे अनुगमन गरेर त्यसको पछिल्लो अवस्थाबारे सरकारसँग जानकारी लिन उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले आगामी निर्वाचन र मुलुकको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री र मन्त्रीहरुलाई बोलाएर छलफल गर्न पनि  उपयुक्त हुने सुझाव राख्नुभयो ।

सांसद आछामीले भन्नुभयो, राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न नसक्नुको कारणबारे अनुगमन गर्ने र सरकारसँग छलफल गरेर अघि बढने कुरालाई जोड दिनुपर्छ । यस विषयमा सम्भव भयो भने प्रधानमन्त्री, मन्त्रीहरुसँग पनि अहिलेको लेटेष्ट सिचुएसनको बारेमा पनि र निर्वाचन पनि हुने भएकाले यसको बारेमा पनि छलफल गर्नका लागि वातावरण बनाउन उपयुक्त हुन्छ ।’

सांसदहरुले सम्पन्न हुने अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको काममा ध्यान केन्द्रित गर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले कर्णाली प्रदेशका सो आयोजना अघि बढाउने काममा सरकार केन्द्रित हुनुपर्ने समेत बताउनु भयो ।  सांसद गैरले भन्नुभयो,‘जहाँ थोरैथोरै काम गर्दा राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुने अवस्थामा छ, ती योजनाहरु हामीले हेर्नुपर्छ होला । कालीगण्डकी करिडोरकै कुरा गरौं । यसको पाल्पा खण्डको केही भागहरु सम्पन्न भईसकेको छ । केही बाँकी छ । पर्वत खण्ड पनि केही मात्रै बाँकी छ । त्यसैले यो सम्पन्न हुने चरणमा अगाडि छ । यसमा पाल्पाको रानीमहल खण्ड र पर्वतको अलिकति खण्ड हेर्दा करिव करिव सम्पन्न हुने चरणमा छ । यो अगाडि बढाउनुपर्ने देख्छु मैले । कर्णाली प्रदेशका योजनाहरुको कुरा पनि छ । त्यसमा अनुगमनका लागि जाने कि नजाने भन्ने विषयमा पनि निष्कर्षमा पुगौं ।’

सांसद गैरले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमनको कामलाई पनि प्रभावकारी रुपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।