१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपी राजमार्ग अवरुद्ध



अ+ अ-

धुलिखेल । वर्षाका कारण बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा आज सडकमाथिबाट लेदो आएर सडक अवरुद्ध भएको छ ।

रोशी–७ स्थित चारसय बेँसी, वडा नं ९ को बिरुवाडाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसीमा सडक माथिबाट लेदो र ढुङ्गा खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले बताउनुभयो ।

जोखिम हुन नदिन स्थानीय प्रशासनले बिहीबार साँझ ५ देखि आज बिहान ६ बजेसम्म बिपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेबेँसी–सिन्धुली सडकखण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेकका सवारीसाधन आवागमनमा निषेध गरेको थियो ।