२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी



जेनजी आन्दोलनमा जलेर ध्वस्त भएको स्वास्थ्य मन्त्रालयको भवन ।
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो जग्गामा ‘प्रिफ्याब’ भवन अस्थायी रुपमा बनाइँदै गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि त्यहाँ रहेको खाली जग्गामा ६ वटा प्रिफ्याब भवन बन्दैछ । बाँकी खाली रहेको भवनमा रङ लगाएर कार्पेटिङ गरेर बस्ने योजना छ ।”

प्रवक्ता बुढाथोकीले दुई हप्ताभित्र संरचना तयार गरी स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने तयारी भइरहेको र मङ्सिर १ गतदेखि सम्भवतः सरिसक्ने बताउनुभयो । “सिंहदरबारभित्र रहेको नयाँ संसद् भवन बनेपछि अहिलेको संसद् सचिवालयको भवन स्वास्थ्य मन्त्रालयको स्थायी संरचनाको रूपमा पायौँ भने त्यहाँ सर्छौैँ । त्यसका लागि पनि छलफल भइरहेको छ,” उहाँले भन्नुभयो ।

भदौ २४ गते जेनजी आन्दोलनको आगलागीका कारण रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएको थियो । हाल मन्त्रालय पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ ।