२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज रातिदेखि भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भन्नुभयो, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।”

उहाँले आज दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको बताउनुभयो । जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ ।

बुधबारदेखि परेको वर्षा कात्तिक १५ गते शनिबारसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । यसका लागि सर्तकता अपनाएर सुरक्षित हुन आह्वानसमेत गरिएको छ । नेपालमा पदयात्राका लागि जाँदा मौसम बारे जानकारी लिएर हिँड्न अनुरोध विभागले गरेको छ ।

त्यसैगरी धान काट्ने समय रहेकाले काटन् बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर मात्रै काट्न सुझाव दिएका छन् । भारी वर्षाको सम्भावना भएकाले धान काटिहाल्ने अवस्था नरहेको मौसमविद्को सुझाव छ ।