२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

महाशिवरात्रिमा नागा साधुहरु, सर्वोच्च भन्छः नग्नता र अश्‍लीलता एकै होइनन्

महाशिवरात्रिमा नागा साधुहरु, सर्वोच्च भन्छः नग्नता र अश्‍लीलता एकै होइनन्
अ अ+ अ-

काठमाडौं: सर्वोच्च अदालतले महाशिवरात्रि पर्वका अवसरमा पाशुपत क्षेत्र र अन्य शिवालयहरुमा नागा साधुहरु नाङ्गै बस्नु अश्लिलता होइन भनी व्याख्या गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु डा कुमार चुडाल र नहकूल सुवेदीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।

अधिवक्ता यज्ञमणि न्यौपानेले महाशिवरात्रिमा पशुपति क्षेत्र लगायतका शिवालयहरूमा जोगीहरू नाङ्गै बस्ने, आफूलाई नागा साधु भनी भक्तजनलाई बोलाई आफ्नो लिङ्गमा दलेको खरानीको टीका लगाउन लगाउने र लिङ्गको प्रयोग गरी विभिन्‍न अश्‍लील खेलहरू सार्वजनिक रूपमा प्रदर्शन गर्दै दर्शनार्थीहरूलाई उक्त खेलहरू हेर्न बाध्य बनाउने कार्यबाट महिला तथा बालबालिका माथिको यौनहिंसा हुन गएको भन्दै शिवरात्रिको अवसरमा पशुपति लगायतका शिवालयहरूमा नागा साधुहरूलाई नाङ्गै हिँड्‍डुल गर्न निषेध गर्न माग गरी निवेदन दिएका थिए ।

सर्वोच्चको फैसलामा भनिएको छ, नग्नता एउटा वस्त्रविहीन शारीरिक अवस्था हो। खासगरी स्तन र यौनाङ्ग आदि नछोपिएको अवस्थालाई नग्नताको रुपमा लिने गरिन्छ। तर अश्लीलता यौनिक उत्तेजना ल्याउने वा सामाजिक सांस्कृतिक दृष्टिले लाजमर्दो र आपत्तिजनक अभिव्यक्ति हो। नग्नताका सबै अवस्थालाई अश्‍लील मान्न सकिँदैन। अश्लीलताको निर्धारण अभिव्यक्तिको सन्दर्भ, त्यसमा निहित उद्देश्य, सामाजिक स्वीकार्यता तथा कानूनी व्यवस्था आदिका आधारमा गरिनुपर्ने हुन्छ। कलारसंस्कृति, शैक्षिक उद्देश्य, चिकित्सकीय वा उपचारको प्रयोजनका लागि वा अन्य स्वीकार्य सामाजिक मान्यता अनुरूप यौनाङ्ग देखाउनुलाई अश्लीलताको द्योतक मान्न सकिँदैन। प्राचीन मन्दिरका टुँडालहरूमा कुँदिएका देवदेवीका श्रृङ्गार रसयुक्त कलात्मक चित्र वा सङ्ग्रहालयमा राखिएको नाङ्गो चित्र वा मूर्ति आदिलाई अश्‍लील मान्न सकिँदैन। अश्लील मानिनका लागि सामान्यत: सामाजिक रूपमा स्वीकार्य मान्यता विपरीत, अशोभनीय र यौनिक दृष्टिले दिग्भ्रमित बनाउने उद्देश्यले गरिएको अभिव्यक्ति वा क्रियाकलाप हुनुपर्ने हुन्छ। तथापि अश्‍लीलता वैधानिक अवस्थासमेत भएको र यसको कानूनी परिणामसमेत हुने भएकाले अश्लीलताको निर्धारण सम्बन्धित मुलुकको फौजदारी कानूनले परिभाषित गरे अनुरूपको विषयसमेत हुने देखिन आउँछ। अश्‍लीलता आफैँमा सापेक्ष विषय पनि हो। यसको व्याख्या समय र समाज सापेक्ष हुन्छ। एउटै काम कारबाही वा आचरण कुनै समय, समाज वा सन्दर्भमा श्‍लील र अर्को समय, समाज वा सन्दर्भमा अश्‍लील मानिने वा कायम हुन जाने अवस्थासमेत हुने भएकाले केवल शारीरिक रूपमा नाङ्गो हुनुलाई मात्र अश्‍लीलताको प्रदर्शन भन्ने मिल्ने देखिएन।

नागा सन्यासी साधुहरू शरीरमा कुनै वस्त्र धारण नगरी गोप्य अङ्गसमेत नछोपी शरीर भरी खरानी घसी अग्नीको उपासना गरी धुनी जगाई बस्नु सनातन धार्मिक अभ्यास र परम्परा बमोजिमको रहेको देखिएको र नागा साधुहरू मन्दिर परिसरमा नाङ्गै रहनुलाई सामाजिक र नैतिक स्वीकार्यताको दृष्टिले समेत अन्यथा नदेखिएको स्थितिमा निजहरूले अश्लीलताको प्रदर्शन गरेको भन्न मिलेन। मेला व्यवस्थापनका क्रममा विपक्षी पशुपति क्षेत्र विकास कोषले नागा साधुहरूलाई खास स्थान वा क्षेत्र तोक्न सक्ने देखिए तापनि निजहरूलाई भगवान् पशुपतिनाथ मन्दिरको परिसरमा प्रवेश नै निषेध गर्दा सनातनदेखि चलिआएको परम्परा नै हस्क्षेप हुन जाने भएकाले नागा साधुहरूलाई पशुपतिनाथ क्षेत्र परिसरमा प्रवेश गर्न निषेध गरिनुपर्ने भन्ने निवेदन जिकिरसँग सहमत हुन सकिएन, आदेशमा भनिएको छ ।

आदेशको पूर्णपाठ यसैसाथ छ

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/10/naga-baba.pdf” title=”naga baba”]