३ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर भने, नेपालले भारतको भूमि मिचेको रहेछ



अ+ अ-

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको सार्वभौम संसदमा उभिएर नेपालले भारतको जमिन मिचेको बताएका छन् ।

संसदमा कालापानी लिपुलेकको विषयमा श्रम संस्कृति पार्टीका आरेन राईले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यो तहको जानकारी गराएका हुन् ।

उनले भने, ‘तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ । भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । हामी टेबल टकमा बसेर एकअर्काको जमिन मिचिएको विषयमा छलफल गर्नेछौं ।’

विगतमा भारतले कालापानी लिपुलेकमा नेपालको भूमि अतिक्रमण गरेको बताउँदै विरोध हुँदै आएको थियो ।

तर प्रधानमन्त्री शाहले गम्भीर प्रश्न उठाएर नेपालको सार्वभौम विषयमा खेलवाड गरेको जानकारहरुले बताएका छन् ।

तस्बिरः प्रदीपराज वन्त-रासस