२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

एसियन गेम्समा नेपालको विजयी सुरुआत, चीन २२१ रनले पराजित

एसियन गेम्समा नेपालको विजयी सुरुआत, चीन २२१ रनले पराजित
अ अ+ अ-

काठमाडौ: एसियन गेम्स पुरुष क्रिकेट अन्तर्गत सिंगापुरमा आज भएको खेलमा नेपाली ब्याटर कुशल भुर्तेलको आक्रामक शतक तथा कुशल मल्ल र रोहित पौडेलको दर्शनीय अर्धशतक मद्दतमा नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले पराजित गरेको छ ।

३१४ रनको विशाल लक्ष पछ्याएको चीनको टोली १९.२ ओभरमा ९२ रनमै समेटिएको थियो । नेपाली बलरहरु कुशल मल्लले ३, सन्दिप लामिछाने र सोमपाल कामीले समान दुई दुई तथा नन्दन यादवले एक विकेट लिएका थिए । चीनका २ ब्याटर रन आउट भएका थिए ।

यसअघि चीनले टस जितेर क्षेत्र रक्षण रोजेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा १२९ रन बनाए । उनले ५ चौका र १६ छक्का प्रहार गरे । यस्तै कुशल मल्ल ४७ बलमा ८५ रन तथा रोहित पौडेल २१ बलमा ६९ रनमा अविजित रहे ।

भुर्तेलले खेलको नवौं ओभरमा ६ छक्का समेत प्रहार गरे । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् ।

नेपाल सहित चीन, मलेसिया र कतार समूह ए मा रहेका छन् । यो जितसहित नेपालल २ अंक जोडेको छ ।

समूह बी मा भने बहराइन, ओमान, हङकङ र सिंगापुर रहेका छन् ।