१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार आयोगद्वारा दुर्गा प्रसाईंसँग छलफल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग छलफल गरेको छ ।
आयोगले बुधवारवार प्रसाईसँग छलफल गरेको हो ।

प्रसाईंले मंसिर ७ गतेदेखी आन्दोलन गर्न घोषणा गरेपछि आयोगले आन्दोलनका बारेमा चासो राखेको हो । आन्दोलनका स्वरुपका बारेमा आफूसँग आयोगका अध्यक्ष तपबहादुर मगरले चासो राख्नुभएको संयोजक प्रसाईंले जानकारी दिनुभयो । उहाँले आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको दाबी गर्नुभयो । उहाँले आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द हुने बताउनु भयो ।

उहाँले व्यवस्था परिवर्तनको गर्नको लागी आन्दोलन गर्न लागेको पनि बताउनु भयो । उहाँले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह गर्नुभयो । आन्दोलनको बारेमा आयोगलाई पनि अग्रिम जानकारी गराएको उहाँले जानकारी दिनुभयो । उ

हाँले आन्दोलनको समयमा निजामती कर्मचारी र प्रहरीलाई बिदा बस्न अनुरोध गर्नुभयो ।