२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्नेः कोशी र मधेसमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ ।

हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका वाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिनुभयो । यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उहाँले बताउनु भयो । यसको प्रभाव वागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिनसक्ने सम्भावना रहेको उहाँको भनाई छ । उहाँकाअनुसार चक्रवातको प्रभाव बिहीवार (कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिवारदिउँसो) सम्म रहने पूर्वानुमान छ । उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बंगालको खाडीमा ‘मोन्था’ नाम गरेको सामुन्द्रिक चक्रवात विकास भएको छ । त्यो चाहीँ विस्तारै भारतको भूभागमा प्रवेश गरेको छ । विशाखपटनम क्षेत्रमा आजको दिनमा अवस्थित छ र यो अबको दुई दिनमा नेपाल प्रवेश गर्ने देखिन्छ । यो सामुन्द्रिक चक्रवातले समुन्द्रि क्षेत्रबाट जुन जलवाष्पहरु लिएर आएको छ, त्यसले गर्दाखेरि नेपालको खासगरि कोशी प्रदेश र मधेस प्रदेशको क्षेत्रमा ठूलो वर्षको सम्भवना देखिएको छ भने वागमती प्रदेश र कोशी प्रदेशको हिमाली क्षेत्रमा पनि यसको प्रभाव फैलिनसक्ने, १३ गते बिहीवार दिउँसोदेखि १५ गते शनिवार दिउँसोसम्म करिव यसको प्रभाव रहने देखिन्छ । खासगरि हिमाली क्षेत्रको कुरा गर्दाखेरि यो माथिल्लो हिमाली क्षेत्रमा भारी हिमपातको पनि सम्भावना वागमती प्रदेश र कोशी प्रदेशको समग्र क्षेत्रमा देखिएको छ ।’ 

उहाँले हाल ठूला नदीहरूको वहाव सामान्य अवस्थामा भएपनि चक्रवातका कारण नदीका जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताउनु भयो । वागमती र कोशीजस्ता ठूला नदीमा ठूला बाढी आउने जोखिम रहेको उहाँको भनाई छ । यद्यपि नदी सतह शतर्कता तहसम्म पुग्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई शतर्क रहन उहाँले आग्रह गर्नुभयो । उहाँले मधेस र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोला–नालामा भने तिब्र बहावको सम्भावना रहेको बताउनु भयो । १३ गते रातिदेखि १५ गतेसम्म उच्च शतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब ठूला नदीहरुमा वाहवको अवस्था हाल समान्य अवस्थामा रहेको, धेरै तल रहेको कारणले गर्दाखेरी यो करिव करिव २४/२५ घण्टासम्म सक्रिय रहनसक्ने प्रणालीले ठूलो बाढीको अवस्था वागमती, कोशी जस्ता ठूला नदीहरुमा पार्ने देखिँदैन । तर जल सतह उल्लेख्य बढ्ने सम्भावना छ । त्यसकारण शतर्कता तह आसपाससम्म पनि पुग्नसक्छ, नदी तटिय क्षेत्र सामान्य अवस्था भएको नदीहरुमा ठूलो वहाव आउँदाखेरि खतरा तहको वहाव नआएतापनि त्यसले जोखिम निम्त्याउने भयो । त्यसकारण शतर्कताको अपिल गर्दै हामीले प्रेस रिलिज पनि गर्दैछौँ । सँगै स–साना खोलाहरु जति पनि छन्, खासगरि मधेस प्रदेश र कोशी प्रदेशको । त्यसमा पनि पहाडी र चुरेको क्षेत्र भएर बहने स–साना खोला नालाहरुमा आकस्मिक वहाव, तिब्र बहावको सम्भावना देखिएको छ ।’ 

जल तथा मौसम विभाग प्रवक्ता विभूति पोखरेलले मंगलवार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो । हिमपातको कारण पर्वतारोहण तथा दैनिक जनजीवनमा पनि असर गर्ने उहाँको भनाई छ । उहाँले पश्चिमी वायु साथै अरब सागरमा बनेको न्युनचापीय प्रणालीको प्रभावले गर्दा मंगलवारको बदली देखिएको बताउनु भयो । बुधवारदेखि विस्तारै यो सुधार हुँदै आउने उहाँको भनाई छ । विहीवारबाट भने फेरि चक्रवात ‘मोन्था’ सक्रिय हुने भएकोले नेपालको मौसम प्रभावित हुने उहाँले जानकारी दिनुभयो ।