७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संगीत बमको १० सेकेण्डको अनौठो पत्रकार सम्मेलन



अ+ अ-

काठमाडौँ । नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे ।

पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो । पत्रकार सम्मेलन गर्न लागेका बमले द गेम अफ लुसिफर भन्दै सांकेतिक विरोध स्वरुप पत्रकार सम्मेलन गरे । आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएर दुई औंला ठड्याए र बाँकी औँला खुम्च्याएर विरोध जनाए । समाचार बनाउन उनले पत्रकारहरुलाई जिम्मा दिए । यसमा कुनै प्रतिक्रिया दिएनन् ।

पत्रकार सम्मेलन त्यत्तिकै सकियो । फोटोमा देखिए जस्तै सेतो परम्परागत पोशाकमा सजिएका संगीत बम दाहिने हातमा भि साइन (भिक्ट्री वा शान्ति चिन्ह) देखाउँदै मञ्चमा उभिएका थिए । यो इसारा र सम्मेलनको समग्र शैलीले पनि नेपालको वर्तमान राजनीतिको विद्रोही स्वरलाई प्रतिविम्वित गर्दछ । युवा प्रदर्शनहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा निम्त्याएपछि संगीत बमले भि साइनलाई लडाईंको पहिलो जितको प्रतिकका रुपमा चिन्हित गरेका छन् । भि भनेको भिक्ट्री होइन यो युवा शक्तिको आवाज हो । जसले पुरानो व्यवस्थालाई धुलोमा मिलाउने उनको संकेत रहेको बुझ्न सकिन्छ ।

बालेन्द्र साहको नेतृत्वमा युवा गठबन्धनलाई समर्थन गर्दै उनले अन्तरिम सरकारको आलोचना गरेका छन् । केहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई लुसिफरको संज्ञा दिँदै आएका छन् । यो उनको युवा विद्रोहको प्रतिक हो । भि साइनले शान्तिपूर्ण विजयको संकेत गर्दछ ।