२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी



अ+ अ-

काठमाडौँ: चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय ‘ट्रेडिसनल आर्चरी’ आमन्त्रण प्रतियोगिता तथा दशौँ ‘जेन्झी कप’ आर्चरी आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ ।

प्रतियोगितामा हङ्गेरी, थाइल्यान्ड, म्यान्मा र नेपालका साथै चीनका ग्वाङ्डोङ, सान्डोङ, छोङछिङ, आनहुइ, छिङहाइ, थियानजीन, हङकङ र युनान प्रान्तका खुनमिङ, क्विजिङ, फुमिन, दाली, लिजियाङ, शाङ्ग्रिलालगायत स्थानबाट १६० खेलाडी सहभागी भएका काठमाडौं जेन्झी ट्रेडिसनल आर्चरीले जनाएको छ ।

नेपालबाट काठमाडौं जेन्झी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट सङ्घका सचिव राजीव महर्जन सहभागी हुनु भएको थियो । नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र खुन्मिङ जेन्झी आर्चरी क्लबले सहकार्य गर्ने प्रतिबद्धता जनाएका सचिव महर्जनले बताउनुभयो ।