११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानवादको रक्षाका लागि होः चन्द्रकान्त राउत

अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानवादको रक्षाका लागि होः चन्द्रकान्त राउत
अ अ+ अ-

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले विभिन्न राजनीतिक दल र समूह मिलेर गठन गरिएको अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि नभएको बताउनुभएको छ ।

शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा अध्यक्ष राउतले संविधानवाद, संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि मोर्चा गठन गरिएको बताउनुभएको हो ।

उहाँले देशमा राजनीतिक दल र नेतृत्वप्रति जनताको निराशा बढिरहेका बेला नयाँ राजनीतिक मोर्चाको गठन आवश्यक परेको दाबी गर्नुभयो । हाल मुलुक अराजकता तर्फ धकेलिएको उहाँको आरोप छ ।

अराजकतालाई परास्त गरेर देशलाई संविधानवादमा संचालन गर्न लोकतान्त्रिक, सामाजिक लोकतान्त्रिक, क्रान्तिकारी र समाजवादी धारका शक्तिहरूलाई समेटेर अग्रगामी मोर्चा गठन गरिएको उहाँले बताउनु भयो ।

उहाँले देश संविधान र विधिअनुसार सञ्चालन हुनुपर्नेमा मौखिक आदेश वा मनोमानी रुपमा संचालन भईरहेको पनि आरोप लगाउनु भयो । लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता र मानव अधिकारलगायतका उपलब्धिको रक्षामा मोर्चा अग्रपक्तीमा रहने उहाँको भनाई छ । मोर्चा गठनपछि सत्तामा रहेका केही व्यक्तिहरूले आफ्नो पद जोखिममा परेको ठानेको भन्दै उहाँले कसैको कुर्सी खोस्ने आफूहरुको लक्ष्य नरहेको बताउनुभयो । तर सत्तामा रहेकाहरूले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य–मान्यताअनुसार शासन सञ्चालन गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हामी यहाँ संविधानवाद चाहन्छौं । देशलाई संविधान अनुसार चलोस्, विधिसम्मत तरिकाले चलोस्, ल एन्ड अर्डरमा चलोस् । कसैको मौखिक कानुन अनुसार होइन, संविधान अनुसार चलोस् भन्ने कुरा, भन्ने प्रयोजन, भन्ने उद्देश्य राखेर नै हामी यो अग्रगामी मोर्चा यहाँ गठन गरेका छौं । त्यही भएर हामी सबैलाई अनुरोध पनि गर्न चाहन्छौं कि विगतमा पनि हामीबाट गल्तीहरु भएका होलान् । त्यो मोर्चा बनाउँदाखेरि होस्, पार्टी हाँक्दाखेरि होस्, जनताको बीचमा जाँदाखेरि होस्, सरकार चलाउँदाखेरि होस्, ती सबै कमी कमजोरीहरुलाई समीक्षा गर्दै, त्यसलाई सुधार गर्दै आगामी दिनको लागि प्रतिवद्धता गर्दै हामी अगाडि बढ्नुपर्ने हुन्छ । त्यसको लागि पनि हामी प्रतिवद्ध भएर नै यहाँ जम्मा भएका छौं, त्यो पनि हामी यहाँ भन्न चाहन्छौं । केही साथीहरुलाई यो मोर्चाको घोषणा भए देखि केही यस्ता पनि पात्रहरु छन्, कुर्सी मा बसेका पात्रहरु छन् जसलाई लाग्छ हाम्रो कुर्सी खतरामा प¥यो कि । म उहाँहरुलाई पनि आश्वस्त पार्न चाहन्छु, यो मोर्चा संघर्षको लागि बनेको मोर्चा हो, सत्ता प्राप्तिको लागि हामीले गठबन्धन गरेका होइनौं । तपाईँहरु ढुक्क कुर्सी मा बस्नुस्, कुर्सीमा बसेर चलाउनुस् । हामी तपाईँहरुको कुर्सी खोस्नका लागि यो मोर्चा बनाएका होइनौं । तपाईँ कुर्सीमा बस्नुस् तर संविधानवादमा चल्नुस्, संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता अनुसार चल्नुस्, लोकतान्त्रिक मूल्य मान्यता अनुसार चल्नुस्, त्यो चाहिँ हामी भन्न चाहन्छौं । हामीले जुन दशकौँ देखि संघर्ष गरेर ल्याएका मूल्य मान्यताहरु छन्, त्यसको रक्षा गर्नका लागि हिँड्नुस्, हाम्रो सहकार्य रहन्छ, हाम्रो सहयोग रहन्छ । हामी तपाईँलाई कुर्सीबाट फाल्नका लागि यहाँ आएका होइनौं भन्ने कुरा म सुरुमै उहाँहरुलाई डराएका मान्छेहरुलाई पनि हामीले यहाँबाट स्पष्ट पार्न चाहन्छौं । तपाईँहरु यहाँ देशका कुनाकाप्चाबाट आउनुभएको छ, तपाईँहरु पनि यहाँबाट जाँदाखेरि सकारात्मक सन्देश लिएर जानुस् । जुन जनतामा एउटा निराशा थियो कि हैन अब हाम्रो अभिभावक कोही रहेनन् कि, हाम्रो घरमा डोजर लगाइदिँदा होस् कि हामीमाथि कुनै घरमा आगो नै लगाइदिँदा होस् कोही हामीलाई रक्षा गर्ने कोही भएनन् कि, कोही हाम्रा लागि बोलिदिने भएनन् कि, कोही हाम्रा लागि हेरिदिने भएनन् कि, कोही हाम्रा लागि झगडा मिलाइदिने भएनन् कि, त्यो अब रिक्तता यहाँबाट पूरा होस् । तपाईँहरु यहाँबाट गएपछि भन्नुस् कि अब यो अराजकता रहँदैन । अब यो अभिभावक विहीन अवस्था रहँदैन। अब यो अग्रगामी मोर्चा आइसकेको छ, हामी तपाईँको अभिभावक हौं भनेर आफ्नो गाउँ टोलमा पनि सबैलाई आश्वस्त बनाउनुहोस् । त्यही सकारात्मक सन्देश लिएर जानुहोस् ।’

राउतले मोर्चाको गठनले जनतामा देखिएको राजनीतिक निराशा र ‘अभिभावकविहीन’ अवस्थाको अनुभूति अन्त्य गर्ने दाबी गर्नुभयो । उहाँले मोर्चामा आवद्ध नेता–कार्यकर्तालाई गाउँ–टोलसम्म पुगेर जनतालाई राजनीतिक अराजकता अन्त्य गर्ने सन्देश दिन आग्रह पनि आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल लगायतका राजनीतिक दलहरुले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गठन गरेका छन् । –न्युज एजेन्सी नेपाल