३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चैत्र १५ गते शनिवार, शनिदेवको तस्विरमा क्लिक गर्दै हेर्नुहोस् तपाईको भाग्य र भविष्य

चैत्र १५ गते शनिवार, शनिदेवको तस्विरमा क्लिक गर्दै हेर्नुहोस् तपाईको भाग्य र भविष्य
अ+ अ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शारीरिक र मानसिक रूपमा स्फूर्त भइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। विगतको कर्मफलले मन प्रसन्न रहनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। सरसापटमा नगद बाहिरिन सक्छ। खर्च गराउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। साँझदेखि स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नेछ। पारिवारिक मिलन हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): आम्दानीले उत्साह जगाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। धेरै रकम जोहो गर्नुपर्ने हुँदा ऋणभार समेत बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। साँझतिर आयस्रोत सबल बन्नेछ र नगद पनि हातलागी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): जिम्मेवारी प्राप्त भए पनि फलप्राप्तिमा भने बाधा हुने देखिन्छ। आफ्नो वस्तुमा समेत अरूले दाबी गर्न सक्छन्। श्रम परे पनि लाभांश अरूको हातमा पर्न सक्छ। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि पनि धेरै दौडधुप गर्नुपर्ला। तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुन सक्छ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। साँझदेखि परिस्थिति अनुकूल बन्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): घुमफिर र मनोरञ्जनको समय भए पनि परिस्थिति अनुकूल काम गर्नुहोला। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। भौतिक साधन जुट्नाले दैनिकी रमाइलो रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ। साँझदेखि स्वास्थ्य कमजोर हुनाले काम रोकिन सक्छ। खर्च पनि बढ्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि साँझदेखि दिगो काम प्रारम्भ गर्न सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अवसर आए पनि काम थाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। पढाइलेखाइमा गुरुजनको सुझाव र काममा सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेत गर्दा पछिलाई फाइदा हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। साँझदेखि मिहिनेतको फल प्राप्त हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत(साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। साँझतिर पारिवारिक असमझदारी बढ्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नयाँ कामको प्रस्ताव आउनेछ। आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यावसायिक काममा मनग्गे लाभ हुनेछ।