१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौं कोरोना संक्रमित युवतीको उपचार बागलुङमै सुरु



अ+ अ-

बागलुङ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी बागलुङकी युवतीको धौलागिरी अञ्चल अस्पतालमै उपचार सुरु भएको छ । उहाँको अवस्था सामान्य रहेकाले अञ्चल अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचार गर्न थालिएको हो ।

अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचार गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । उहाँलाई शनिवार राती अञ्चल अस्पतालको मेडिकल टिमले घरबाट आईसोलेसन वार्डमा ल्याएको छ । ‘अवस्था सामान्य रहेकाले बाहिर लैजानु पर्दैन भन्ने माथिको निर्देशन आयो’, गुरौले भन्नुभयो, ‘हामीसँग उपलव्ध सेवा पाउने गरी अस्पताल भर्ना गरिएको छ ।’

बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी १९ बर्षिया उहाँलाई कोरोना भाइरसको संक्रमण भएको शनिवार पुष्टि भएको थियो । उहाँ बागलुङ नगरपालिका–४ की वासिन्दा हुनुहुन्छ । कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते विहान त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा झरेकी उहाँ सोही दिन नै बागलुङ आइपुग्नुभएको हो ।

कोरोना भाईरस पुष्टि भएपछि उहाँको उपचार गर्ने बिषयमा शनिवार दिउँसोदेखि बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निकै लामो समय छलफल गरेको थियो । सुरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाउने बिषयले प्रबेश पाएको बैठकले दोस्रोमा क्षेत्रीय अस्पताल पोखरा र अन्तिममा अञ्चल अस्पतालमानै उपचार गर्ने निर्णय गरेको हो । गृह, स्वास्थय लगायतका मन्त्रालयसँगको परामर्श पछि जिल्ला सदमुकामकै अस्पतालमा उपचार गर्ने निस्कर्षमा पुगेको गुरौले बताउनुभयो । उहाँलाई थप समस्या भएमा भने पोखरा वा काठमाडौं पठाईने छ ।