१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन प्राथमिकतामा छ तर भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका छैनौं: प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन प्राथमिकतामा भएपनि भ्रष्टाचार र सुशासनका मुद्दामा मौन नबसेको बताउनु भएको छ ।

वसन्तपुरमा आयोजित नेपाल संवत् नयाँ वर्ष ११४६ को स्वागत कार्यक्रममा प्रधानमन्त्री कार्कीले यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरुबाट काम अघि बढिरहेको जानकारी दिनु भएको छ ।

उहाँले भन्नुभयो- विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ। प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको छ । परिवर्तनका वाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ।

उहाँले भन्नुभयो- विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ। प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको छ । परिवर्तनका वाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ।

उहाँले भन्नुभयो- यसका लागि समाजका सबै पक्षको उत्तिकै भूमिका हुन्छ। आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ। समाजमा सद्भाव र एकता कायम गर्दै लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गरौँ।यस कार्यमा सबै राजनीतिक दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु।