२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनले जनतामा पुगेको असुविधाप्रति मोदीले मागे माफी



अ+ अ-

काठमाडौं । भारतमा लगाइएको लकडाउनले जनतालाई पुगेको असुविधाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन् । आइतबार आफ्नो रेडियो कार्यक्रम ‘मन की बात’ मा बोल्दै मोदीले सो कुरा उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री मोदीले लकडाउनको कारण गरिब मानिसहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरेका हुन् । उनले भने, ‘म तपाईंहरुको समस्या बुझ्छु, तर कोरोना भाइरसविरुद्धको लडाइँमा यसको कुनै विकल्प थिएन ।’

प्रधानमन्त्री मोदीले यो संकटमा सहयोग गर्ने सबै मानिसलाई धन्यवाद दिदै सबै जनतालाई सुरक्षित राख्नका लागि नचाहेर पनि यस्तो निर्णय गर्नुपरेको बताए ।

भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण एक हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २५ जनाको ज्यान गइसकेको छ ।