२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबईबाट आएर आइसोलेसनमा उपचार गरिरहेका युवाको मृत्यु



अ+ अ-

काठमाडौं । बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको मृत्यु भएको छ। आइतबार सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु हो ।

थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खादै आएका थिए ।

घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल आएका हुन्। थापालाई आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए। उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन।

अस्पताल आउनासाथ उनको स्वाब निकालेर काठमाडौं पठाइएको थियो।

‘तर रिपोर्ट आइसकेको छैन,’ डाक्टर थापाले भने।