२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने



अ+ अ-

जनकपुरधाम । प्रदेश नं. २ सरकारले गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

प्रदेश सरकाले स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाइने भएको छ।

यस्तै प्रदेश सरकारले कोरोनाको उपचारमा खटिने चिकित्सकको जीवन बीमा गरिनुका साथै सत प्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ। कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र अगामी दिनमा लिने नीति बारे जानकारी गराउन सर्वदलीय बैठक समेत बोलाएको थियो।

सर्वदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउत सहितका मन्त्रीहरु, काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह लगायत मन्त्रालयका सचिव समेतको सहभागिता थियो।