२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने



अ+ अ-

जनकपुरधाम । प्रदेश नं. २ सरकारले गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

प्रदेश सरकाले स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाइने भएको छ।

यस्तै प्रदेश सरकारले कोरोनाको उपचारमा खटिने चिकित्सकको जीवन बीमा गरिनुका साथै सत प्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ। कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र अगामी दिनमा लिने नीति बारे जानकारी गराउन सर्वदलीय बैठक समेत बोलाएको थियो।

सर्वदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउत सहितका मन्त्रीहरु, काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह लगायत मन्त्रालयका सचिव समेतको सहभागिता थियो।