२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अप्ठेरो परेको भन्दै राष्ट्र बैंकले गर्यो राहातको घोषणा



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले तत्कालका लागि सहुलियतको घोषणा गरेको समाचार छ । राष्ट्र बैंकले कोरोनाले असर परेका क्षेत्रका लागि यस्तो सहयोगको घोषणा गरेको हो । जसअनुसार ऋणिले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म तिरे हुनेगरी सारिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटी अब चैतमसान्तसम्म कर्जा तिर्नुपर्ने ऋणिहरुले असार मसान्तसम्म ऋण तिर्न सकिने बताएका हुन् । यसैगरी तोकिएकै समयमा व्याज तिर्नेहरुको लागि पनि छुट्टै व्यवस्था गरिएको उनले आज साँझ जानकारी दिएका छन् ।

ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको उनले बताए । ‘चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरेपनि थप ब्याज तथा जरिवाना लाग्दैन’ शिवाकोटीले भनेका छन् । यदि कसैले चैत महिनामा नै तिर्न चाहे उनीहरुले तिर्नुपर्ने ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने पनि बताएको छ । साथै, पुर्नकर्जा कोष ६० अर्बको पुर्‍याउने र पुनर्कर्जा सुविधा बढाउने पनि राष्ट्र बैंक जनाएको छ ।