१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ गभर्नर सिफारिस समिति बन्यो, कसले मार्ला बाजी ?



अ+ अ-

काठमाडौं । चैत ९ गते बसेको मन्त्रीपरिषद् बैठकले नयाँ गभर्नर सिफारिस समिति बनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा र पूर्व गभर्नर विजयनाथ भट्टराईसहितको तीन सदस्य समिति बनेको हो ।

चैत ५ गतेबाट राष्ट्र बैङ्कमा गभर्नरको पद खाली भएको छ । सरकारले एक महिना अघि नै नयाँ गभर्नर नियुक्त गर्नु पर्ने कानुनी व्यवस्था भए पनि त्यसलाई पालना गरेको देखिएन । अर्थमन्त्री डा. खतिवडाले चैत ५ गते अघि नै गभर्नर आउने बताए पनि त्यो हुन सकेन । नयाँ गभर्नर सिफारिस समिति नै चैत ९ मा बनेको छ ।

केन्द्रीय बैङ्कको जिम्मेवारी अहिले कामु गभर्नर चिन्तामणि सिवकोटीले सम्हालेका छन् । १८ वर्षको अवधिमा सिवाकोटी कार्यबाहक गभर्नरको जिम्मेवारी पाउने दोस्रो व्यक्ति हुन् । यस अघि कृष्णबहादुर मानन्धरले करिब २२ महिना कार्यबाहक गभर्नरको जिम्मेवारी सम्हालेका थिए ।

उनी गभर्नरका लागि दौडमा पनि छन् । वर्तमान अवस्थामा पनि अर्थमन्त्री डा. खतिवडा कार्यबाहक गभर्नर सिवाकोटीलाई गभर्नर बनाउने पक्षमा छैनन् । तर, प्रधानमन्त्री ओलीले सिवाकोटीलाई गभर्नर बनाउन चाहेका छन् ।

कायमुकायम गभर्नरको जिम्मेवारी पाउने सिवाकोटी दोस्रो, के पूर्ण गभर्नर बन्लान ?

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणका कारण मन्त्रीपरिषद् बैठक बस्न सकेको थिएन । त्यसले गर्दा गनर्भर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्य सिफारिस समिति बन्न सकेको थिएन । अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने र त्यहाँबाट एक जनालाई गभर्नर बनाउने व्यवस्था ऐनमा छ । सो ऐनमा सिफारिसमा पर्ने तीन जना मध्ये एक जना डेपुटी गभर्नर हुनैपर्ने व्यवस्था छ ।