२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडान मिसनमा रहेका ‘स्टाफ अफिसर’ रिदेश विष्टको हृदयघातबाट निधन



अ+ अ-

काठमाडौं । नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको निधन भएको छ । संयुक्त राष्ट्र संघको सुडान मिसनमा ‘स्टाफ अफिसर’ का रुपमा खटिएका प्रमुख सेनानी विष्टको हृदयघातबाट मिसन मुख्यालय जालिङ्गीमा निधन भएको हो ।

सानेपाका स्थायी बासिन्दा विष्ट अपरेशन रुपमा व्रिफिङ्ग गर्दा गर्दै ढलेको सैनिक स्रोतले जानकारी दिएको छ ।अहिले विष्टको शव अल्फासेरस्थित युएन अस्पालमा राखिएको छ । खार्तुममा पोष्टमार्टम गरेपछि उनको शव नेपाल पठाउने तयारी छ ।

आवश्यक प्रक्रियापछि प्रमुख सेनानी विष्टको शव संयुक्त राष्ट्रसंघले युएनको एयर एम्बुलेन्समार्फत नेपाल पठाउने तयारी गरेको बुझिएको छ । तर, कोरोनाको महामहारीको कारण उनको शव ल्याउने प्रक्रिया केही दिन ढिला हुने बताइएको छ ।

सेनानी विष्टका एक छोरा र एक छोरी छन् । उनले मिसनमा जानुपुर्व छोराको पासनी र छोरीको गुन्युचोली गरेको पारिवारीक स्रोतले जानकारी दिएको छ ।